लोडसेडिङ अन्त्यपछि खानेपानी चुहावट नियन्त्रण गर्ने सरकारी तयारी

२४ पुस, काठमाडौं । काठमाडौं उपत्यकामा लोडसेडिङ अन्त्य गरेको सरकारले उपत्यकाको खानेपानीमा रहेको उल्लेख्य चुहावट नियन्त्रण गर्ने अभियानको तयारी गरेको छ ।

KUKLकाठमाडौं उपत्यकामा हाल वितरण भइरहेको मध्ये दैनिक करिव ५ करोड लिटर पानी चुहिएर खेर गइरहेको छ ।

मागको तुलनामा निक्कै थोरै आपुर्ति भइरहँदा ठूलो मात्रामा पानी चुहिएर खेर जाने भएपछि काठमाडौंका उपभोक्ता चर्को मारमा परेका छन् ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड केयुकेएलले हाल दैनिक १३ करोड लिडर खानेपानी वितरण गर्दै आएको छ । वितरित पानीमध्ये ४० प्रतिशत चुहिएर खेर जाने गरेको छ ।


Facebook Comment


No ads found for this position