डाक्टरलाई बाहिर काम गर्न बन्देज

२४ पुस, काठमाडौं । चितवनको भरतपुरस्थित बिपी कोइराला क्यान्सर अस्पतालमा कार्यरत डाक्टरहरूलाई  अस्पतालबाहिर सेवा दिन रोक लगाइएको छ। यो अस्पताल मुलुककै सबैभन्दा ठूलो क्यान्सर अस्पताल हो। चिकित्सक अस्पताल समयमै निजी अस्पताल र क्लिनिकमा जाँदा सेवा स्तर खस्किएको भन्दै सञ्चालक समितिले यस्तो निर्णय गरेको हो।

यसअघि विस २०५३ देखि २०६१ सम्म चिकित्सक र कर्मचारीले बाहिर काम गर्न नपाउने व्यवस्था थियो। पछि सञ्चालक समितिले क्यान्सर विशेषज्ञ दुर्लभ रहेको र बिरामी लुकेका कारण खोज्नुपर्ने भन्दै बाहिर सेवा गर्न खुला गरेको थियो। त्यसपछि अधिकांश चिकित्सक आफैं संलग्न भएर निजी अस्पताल खोल्ने, अस्पतालमा समय कम दिने र क्यान्सरका बिरामी चोरेर निजीमा लैजाने गर्दै आएका छन्।


Facebook Comment


No ads found for this position