पाँचतारे होटलको जग खन्दा ४० फिट सडक भासियो

रवीन्द्र शाही
काठमाडौं,पुस

करोडौं खर्चेर अर्बौ व्यापार गर्नेले सामन्य सुरक्षा नअपनाउँदा सार्वजनिक आवागमन नै प्रभावित हुनेगरी सडक भासिएको छ। यसरी सहरमा ठुला भवन निर्माण गर्दा तोकिएका सरकारी मापदण्ड नै खुकुलो हुँदा पनि बल पुगेको कतिपयको तर्क छ। यद्यपी अन्तिममा त त्यसरी छेउको सडक भासिँदा ठुला संरचनाको दिगो पक्ष पनि प्रभावित हुने भएकोले निर्माण पक्षको लापरबाही स्वयम् उनीहरुकै लागि पनि राम्रो नहुने विज्ञहरुको सुझाव छ। 

 काठमाडौंको नक्सालमा बन्न लागेको पाँचतारे होटलको लागि बन्दैगरेको  भवनको जग खन्दा सडक भासिएको छ। सार्वजनिक आवगमन नै प्रभावित हुनेगरी सडक भासिएको हो।
विश्वको दोस्रो ठुलो चेन भएको ‘हिल्टन होटल एन्ड रिसोर्ट’सँगको सहकार्यमा शंकर ग्रुपले ‘डबल ट्रि हिल्टन’ नामको पाँचतारे होटलको लागि नक्सालको भगवति मन्दिर नजिकै निर्माण गरिरहेको उक्त भवनको जग खन्दा छेउको ४० फिट सडक भाँसिएको प्रहरीले जानकारी दिएको छ।
 करोडौं खर्च गरेर अर्बौको व्यापार गर्नेगरी बनाउन लागिएको यो भवन निर्माणको क्रममा अपनाउनुपर्ने सामन्य सुरक्षाका नियमप्रतिको बेवास्ताले सडक सडक भाँसिएको हो।
व्यावसायिक घराना शंकर ग्रुपले निर्माण गरिरहेको यो भवन बनाउन काठमाडौं उपत्यका विकास प्राधिकरणबाट  अनुमति भने लिएको छ।
 सरकारी मापदण्डअनुसार भवन निर्माणको अनुमति दिइएको र सो आयोजनाको लागि प्राधिकरणबाट कानून अनुसार स्वीकृति प्रदान गरिएको जिल्ला आयुक्तको कार्यालय काठमाडौंका सुचना अधिकारी नरेन्द्र न्यौपानेले जानकारी दिए।
‘हामीले नियम कानून अनुसार सबै प्रक्रिया पुरा गरेर उक्त भवन निर्माणको लागि अनुमति दिएका हौं’ उनले भने,‘तर निर्माणको क्रममा हुने त्यस्ता क्षतिको बारेमा पनि नियम कानून अनुसार प्रक्रिया अगाडि बढ्छ।’
भाँसिएको सडक निर्माणपक्षले नै बनाउनुपर्ने
यसरी आयोजना निर्माण गर्दा सार्वजनिक सम्पत्ति अथवा कसैलाई पनि असर नगरोस भनेर दिइएपनि कारणबस क्षति पुगेमा त्यसको जिम्मेवार निर्माणपक्ष नै हुनुपर्ने व्यवस्था भएको प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले जानकारी दिए।
 ‘निर्माण गर्दा सुरक्षाको जिम्मा आयोजनाकर्ताकै हुन्छ’तिवारीले सेतोपाटीसँग भने,‘यदि त्यसबाट कुनैपनि क्षति भएमा उसैले भागिदार हुनुपर्छ।’
प्राधिकरणले भवन निर्माणको लागि पु¥याउनुपर्ने प्रक्रिया सबै पुरा गरेपछिमात्र अनुमति दिने र त्यसरी दिँदा तेस्रो पक्ष विमा अनिवार्य गर्नुपर्ने व्यवस्था गरेकोले क्षतिपुर्तिको ग्यारेन्टी गरिएको तिवारीले प्रष्ट पारे।
सरकारी नीति नै दोषी!
ठुला भवनका ओजना बनाउँदा उसले सडकको अगाडिको भाग ४ मिटर र वरीपरीको भागमा जम्मा २ मिटरमात्र छाडेर खन्न पाउने व्यवस्था रहेको छ।
यस्तो व्यवस्थाको कारणले सडक तथा अन्य निजि सम्पत्तिमा क्षति पुग्ने सम्भावना बढी भएपनि सरकारले भने यही मापदण्डलाई निरन्तरता दिँदा काठमाडौंमा यस्ता घटना बढीरहेका सरकारी इन्जिनियरहरु नै बताउछन्।
तर अयोजना निर्माणको क्रममा त्यसको सुरक्षाको पुर्ण जिम्मा आयोजनामा संलग्न टिमकै भएकोले यसरी सडक भासिनेजस्ता काम निर्माण पक्षको चरम लापरबाहीको परिणाम भएको प्राधिकरणका अधिकारीहरुको ठहर छ।
 ‘सरकारी मापदण्डमात्र होइन त्यो भन्दा पनि अनुमति प्रदान गर्दा उनीहरुलाई सुरक्षाको पुर्ण ग्यारेन्टीको प्रतिबद्धता पनि मागिन्छ र उनीहरुले त्यसमा सहमत पनि हुन्छन्’एक अधिकारीले भने,‘तर निर्माणमा संलग्न इन्जिनियर,सुपरभाइजरहरुको लापरबाहीले यस्ता घटना हुन्छन्।’
 कायम नीति,निर्देशिका अनुसार निर्माणको अनुमति दिएको र सकेसम्म सुरक्षाको लागि जिम्मेवार बनाएको प्राधिकरणका प्रमुख आयुक्त तिवारीको भनाई छ।
भवन निर्माणको लागि विभिन्न सकरारी निकायको संलग्नता हुने र त्यही अनुसारको नियमन हुने भएकोले पनि धेरै नियमन गर्नखोज्दा झन खुकुलो भएको सरकारी अधिकारीहरुको भनाई छ।


Facebook Comment


No ads found for this position