तीन ठाउँमा निर्माण गरिने स्मार्ट सिटीको काम अगाडि बढ्यो

२४ पुस, काठमाडौं ।सहरी विकास मन्त्रालयले नेपालका तीन ठाउँमा स्मार्ट सहर निर्माणको काम अगाडि बढाएको छ। कपिलवस्तुको लुम्बिनी,बाराको निजगढ र गोरखाको पालुङटारमा स्मार्ट सिटी निर्माण गर्नको लागि परामर्शदाता छनौट थालनी गरेको नयाँसहर आयोजना प्रमुख चक्रवर्ति कंठले जानकारी दिए।  तीन ठाउँमा निर्माण गरिने स्मार्ट सिटीको विस्तृत अध्ययन प्रतिवेदन तयार पार्नको लागि परामर्शदाता छनौ गर्न निकालिएको टेन्डरमा १८ वटा फर्मले प्रस्ताव राखेको कंठले जानकारी दिए।
लुम्बिनी ५,पालुङटार ६ र निजगढको लागि ७ वटा फर्मले प्रस्ताव राखेको कंठले जानकारी दिए।
प्रस्तावमाथिको मूल्यांकन जारी रहेको र अवको एक÷दुई महिनाभित्र परामर्शदाता छनौटलाई टुंगो लगाउनेगरी आफूहरु अगाडि बढेको उनको भनाई छ।
परामर्शदाताले तयार पारेको प्रतिवेदनको आधारमा कस्तो सहर बनाउने,केके सुविधा राख्ने,त्यहाँको संरचना कस्तो हुने भनेर निक्र्यौल गरिने बताइएको छ।
देशभर नै सुविधा सम्पन्न सहर निर्माण गर्ने सरकारको योजना भएपनि पहिलो चरणमा विशेष स्थानहरुमा परीक्षणको रुपमा स्मार्ट सहर निर्माण गरेर अन्यत्र पनि विस्तारै निर्माण गर्दै जाने कंठले प्रष्ट पारे।
परामर्शदाता छनौट हुनेवित्तिकै उनीहरुले काम थाल्ने र अर्को आर्थिक वर्षदेखि सहर निर्माणको काम अगाडि बढाउनेगरी सरकार लागिपरेको कंठले बताए।
के हो स्मार्ट सिटी?
स्मार्ट सिटी भनेको सामन्यतया प्रविधिमैत्री सहर हो । जहाँ सम्पूर्ण पूर्वाधारहरु प्रविधियुक्त हुन्छन्। भारतमा नरेन्द्रमोदी प्रधानमन्त्री निर्वाचित भएपछि स्मार्ट सिटी निर्माण गर्ने घोषणा गरेपछि यो शब्दको दक्षिण एसियामा चर्चित भएको थियो।
आधुनिक सबै सुविधायुक्त सहरमा सबै पूर्वाधारहरु सुचनाप्रविधियुक्त हुने बताइन्छ। तर स्मार्ट सिटी कस्तो हुनुपर्छ भनेर कुनै विश्वव्यापी मान्यता तथा अवधारण भने छैन।
हुलाकी राजमार्गमा बन्ने दस सहर जहाँको त्यही 
हुलाकी राजमार्ग आसपासमा बनाउने भनिएका १० वटा नयाँ सहर अयोजना भने अगाडि बढ्न सकेको छैन।  नयाँ सहर आयोजना समुन्वय कार्यालयले चालु आर्थिक वर्षमा प्यूठान र सुर्खेतमा पनि एकएकवटा नयाँ शहर आयोजनालाई अगाडि बढाउने यो रहेको थियो।  अयोजनाले गत साउनमै प्यूठान र सुर्खेतमा बन्ने नयाँ सहरको लागि विस्तृत अध्ययनको काम अगाडि बढाइएको र हुलाकी राजमार्गमा बन्ने दशवटा नयाँ सहरको लागि सम्भाव्यता अध्ययनको कामलाई अगाडि बढाएको जनाएको थियो।
 तर प्रक्रियागत झन्झटले उक्त कार्य अझैपनि प्रक्रियामै रहेको एक अधिकारीले बताए। बहुवर्षियि ठेक्कामा गएको भनिएको यो आयोजना चालु अवमा द्रुत गतिमा अगाडि बढ्ने अधिकारीले विश्वास राखेका थिए। तर आयोजनाको प्रगति अहिलेसम्म सन्तोषजनक नभएको अधिकारीहरुलेब ताएका छन्।
 फाेटाे: इन्जिनियर्सजर्ज


Facebook Comment


No ads found for this position