घडीको विषयमा निष्पक्ष छानबिन हुनुपर्छ :सांसद खतिवडाले

२४ पुस, काठमाडौं ।ओखलढुंगाबाट निर्वाचित नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले पूर्व प्रधानसेनापति छत्रमानसिंह गुरुङका छोराको महँगो रोलेक्स घडी आफ्नो ट्राउजरको गोजीमा कसले र कसरी किन राखिदियो भन्ने बारे आफूलाई केही थाहा नभएको बताएका छन्।

आइतबार पत्रकार सम्मेलन गर्दै खतिवडाले भने, ‘यो मलाई फसाउने नियतले म माथि अन्याय गरेको हो,‘ यसको निष्पक्ष  छानबिन गर्नुपर्‍यो।’ बुधबार होटल र्‍याडिसनको जिम गइसकेपछि बिहीबार एउटा कार्यक्रमका लागि ओखलढुंगा गएको र शुक्रबार ट्राउजर लगाउँदा त्यसको गोजीमा घडी भेट्दा आफूले तत्कालै खरब गरेको बताए।

‘यो मेरो चरित्र हत्या गर्ने किसिमले आयो,  मैले ट्राउजरमा भेट्नासाथ खबर गरेको हुँ। यो आरोपले म मात्र नभएर समग्र सांसदलाई चोट पार्ने काम गरेको छ,’ उनले भने,‘ यसको निष्पक्ष छानबिन हुनुपर्छ।’


Facebook Comment


No ads found for this position