जंगली हात्तीको आक्रमणबाट पर्यटकको मृत्यु

 


२६ पुस चितवन ,पर्यटकीय नगरी सौराहामा जंगली हात्तीको आक्रमणबाट मंगलबार एक भारतीय पर्यटकको मृत्यु भएको छ । भारतको गुजरातकी २२ वर्षिया स्नेहा कान्पाराको हात्तीको आक्रमणबाट मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार रत्ननगर नगरपालिका १८, सौराहाको हात्ती प्रजनन् केन्द्रमा हात्ती हेर्दै गर्दा एक्कासी जंगली हात्ती आई कान्पारालाई आक्रमण गरेको थियो । परिवार सहित घुम्न आएकी उनी हात्तीको आक्रमणबाट गम्भीर बनेकी थिईन् । उपचारका लागि भरतपुर स्थित चितवन मेडिकल कलेज ल्याईएकी उनको अस्पताल पु¥याउँदा मृत्यु भईसकेको प्रहरीले जनाएको छ । उनीको परिवारसहित अन्य पर्यटक भागेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ । सौराहाको हात्ती प्रजनन् केन्द्रमा रहेका हात्तीसँग मिलन गर्न जंगली हात्ती समय समयमा केन्द्रमा आउने गर्दछन् ।


Facebook Comment


No ads found for this position