३३ किलो सुन तस्करका मुख्य एजेन्ट पक्राउ
काठमाडौं, २८ पुस अन्तर्राष्ट्रिय विमानस्थल हुँदै सुन तस्करीमा संलग्न मुख्य एजेन्ट पक्राउ परेका छन् । मुख्य एजेन्ट काभ्रेका रामहरि कार्कीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बुधबार पक्राउ गरेको हो ।
विमानस्थलबाट तस्करी गरेर ल्याएको सुन कार्कीले राजधानीका सुनपसलेलगायत विभिन्न व्यक्तिसम्म पु¥याउने गरेको सिआइबीले जनाएको छ । प्रहरीका अनुसार मुख्य तस्कर र तस्करीको सुन किन्ने पसलेको पनि पहिचान भइसकेको छ ।
तस्करीमा संलग्न थप केही व्यक्ति पक्राउ परिसकेको र गिरोहमाथि अनुसन्धान भइरहेको सिआइबीका निर्देशक डिआइजी नवराज सिलवालले बताए । गत बिहीबार साढे ३३ किलो सुनसहित पक्राउ परेका नेपालगन्जका गोपालबहादुर शाहीसँग सुन लिएर कार्कीले व्यापारीहरूलाई पठाउने गरेको सिआइबीले जनाएको छ ।
शाहीसँगै पक्राउ परेका सन्तोष काफ्ले र दिलबन्धु थापाले भने दुबईमा बसेर सेटिङ मिलाउँदै आएका थिए । नेपाल आएको वेला सुनसहित उनीहरू पक्राउ परेका हुन् ।