यी हुन् सर्वाधिक पारिश्रमिक बुझ्ने १० साउथ हिरोइनहरू

बलिउड पछि दक्षिण भारतिय फिल्महरूको बजार हिस्सा पनि गतिलो रहेको छ। यसका कारण त्यहाँ काम गर्ने कलाकारको पारिश्रमिक आकर्षक रहेको छ। दक्षिण भारतीय फिल्म उद्योग आफ्ना सुन्दरी हिरोइनहरूका लागि चर्चित छ।

ती हिरोइनहरूको कमाइ पनि राम्रो रहेको छ तर, बलिउडको दाँजोमा भने त्यो कम छ। बलिउड अभिनेत्रीहरूको पारिश्रमिकले दोहोरो अंक छुदाँ उताका हिरोइनहरूको पारिश्रमिकको अवस्था भने यस्तो छ:

१.      अनुष्का शेट्टी: ‘बाहुबली’ अभिनेत्री अनुष्का प्रति फिल्म ४ करोड पारिश्रमिक लिन्छीन्। उनी दक्षिण भारतिय फिल्ममा सर्वाधिक पारिश्रमिक बुझ्ने अभिनेत्री हुन्।

२.      काजल अग्रवाल: ‘स्पेशल २६’ तथा ‘सिघंम’मा काम गरिसकेकी काजोलको पारिश्रमिक प्रतिफिल्म २ करोड रहेको छ।

३.      समान्था रूथ प्रभु: उनले प्रति फिल्म २ करोड भारू बुझ्छिन्।

४.      श्रृति हसन: कमल हसनकी छोरी श्रुतिले प्रति फिल्म १ करोड लिन्छिन्।

५.      रकूल प्रीत सिंह: सन् २००९ मा फिल्म उद्योग प्रवेश गरेकी राकुलको पारिश्रमिक १ करोड भारू हो।

६.      नयन तारा: उनको पारिश्रमिक पनि १ करोड भारू हो।

७.      तृषा कृष्नन: प्रति फिल्म उनले पारिश्रमिक बापत १ करोड चार्ज गर्छिन्।

८.      तमन्ना भाटिया: केही बलिउड फिल्ममा समेत अभिनय गरेकी ‘बाहुबली’ अभिनेत्री तमन्नाले ९० लाख भारू पारिश्रमिक बुझ्दै आएकी छन्।

९.      नित्या मेनन: उनले पनि तमन्नाले जस्तै ९० लाख भारू लिदै आएकी छन्।

१०.  हंसिका मोटवानी: भारतीय टिभी श्रृखंलामा बाल कलाकारका रूपमा अभिनय करियर सुरू गरेकी हंसिकाले ८० लाख पारिश्रमिक लिने गरेको बताइन्छ।


Facebook Comment


No ads found for this position