यी हुन् काठमाडौंका सबैभन्दा १० महँगा होटलहरु

कृष्णसिंह लोथ्याल

उपत्यकामा ८ वटा ५ तारे होटल छन्। होटल एभरेष्ट भने भूकम्पपछि बन्द छ। अरु ७ वटा अहिले संचालनमा छन्। विदेशी पर्यटकहरुका लागि खोलिएका यी होटलहरु पछिल्लो समय स्वदेशी पर्यटकले नै भरिभराउ हुने गरेको होटल व्यवसायी बताउँछन्।

आन्तरिक पर्यटकका कारण विभिन्न व्यवसायसँग सम्बन्धित धेरै क्षेत्र फस्टाएको नेपाल टुर्स एण्ड ट्राभल्स नाटोका महासचिव अमरबहादुर शाही बताउँछन्।
 होटल रेष्टुराँदेखि ट्राभल्स एण्ड टुर्सजस्ता पर्यटनसँग सम्बन्धित क्षेत्रको मागपनि बढेको छ। आन्तरिक होस् वा बाह्य, उच्च होस् वा सामान्य सबैलाई राम्रो सेवा दिने उद्देश्यले सुबिधायुक्त पाँचतारे होटलमा लगानी बढेको नेपाल होटल महासंघका महासचिव विनायक शाहले बताए।काठमाडौंका संचालनमा रहेका विभिन्न पाँचतारे होटलहरुले नेपालीलाई सस्तोमा सेवा दिइरहेका छन् भने विदेशीलाई महँगो।
काठमाडौंका पाँच तारे होटलमा एक जना नेपाली बस्न चाहेमा कति लाग्छ त खर्च ?पाँच तारे होटलको शुल्कको तुलना गर्दा सबैभन्दा सस्तो होटल मल्ल र सबैभन्दा महँगोमा र्‍याडिसन र सोल्टी होटल रहेका छन्।
हेर्नुहोस् कुन होटलमा कति खर्च लाग्छःहोटल हायात रिजेन्सी
होटल हायात रिेजेन्सी त्रिभुवन विमानस्थलभन्दा ३.७ किलोमिटरको दुरीमा छ। एयरपोर्टबाट १५ मिनेटमा पुगिने हायात होटल बौद्ध सडक खण्डमा पर्दछ। हायात होटलमा एक रात बस्न चाहने नेपालीलाई न्यूनतम नौ हजार नौ सय ९९ नेपाली रुपैयाँ पर्छ। यसमा थप २४.३ प्रतिशत सर्भिस चार्ज लाग्ने होटल हायातले जनाएको छ। ब्रेकफास्ट, फिटनेश क्लब र स्वीमिङ्ग भने निशुल्क हुने होटलले जनाएको छ। होटल सोल्टी
सोल्टी होटल ताहाचल मार्गमा छ। त्रिभुवन विमानस्थलबाट ८ किलोमिटरको दुरीमा छ। नेपालीको लागि होटल सोल्टीमा एक रातको सामान्य सिजनमा न्यूनतम १४२ डलर अर्थात करिब १५ हजार रुपैयाँदेखि सुरु हुने र यसमा थप २३ प्रतिशत अन्य शुल्क लाग्ने होटलले जनाएको छ। यसमा ब्रेकफास्ट, क्लब र स्वीमिङ्ग भने निशुल्क हुने होटलले जनाएको छ।होटल याक एण्ड यती
दरवारमार्गमा रहेको याक एण्ड यती त्रिभुवन विमानस्थलबाट ४ किलोमिटरको दुरीमा छ। व्यापारीक क्षेत्रमा रहेको याक एण्ड यतीमा नेपालीको लागि एक रातको न्यूनतम ११ हजार पाँच सयदेखि २७ हजार रुपैयाँसम्म पर्ने होटलले जनाएको छ।  यसमा छुट्टै कर  लाग्ने होटलले जनाएको छ। बिहानको कफीका साथै र होटलभित्र स्वीमिङ्ग, फिटनेस क्लब निशुल्क छन्। होटल मल्ल
लैनचौर लेखनाथमार्गमा रहेको मल्ल होटल त्रिभुवन विमानस्थलबाट ५.८ किलोमिटरको दुरीमाछ। नेपालीको लागि मल्ल होटलमा एक रातको न्यूनतम सात हजार पाँच सयदेखि १० हजार पाँच सय रुपैयाँ तोकिएको छ। यसमा ब्रेकफास्टका साथै स्वीमिङ्ग र फिटनेस क्लब निशुल्क छ।होटल अन्नपूर्ण 
नेपालीको लागिअन्नपूर्ण होटलमा एक रातको न्यूनतम सिङ्गलमा आठ हजार आठ सयदेखि डबलमा दश हजार पाँच सय रुपैयाँ लाग्छ। त्यसमा २४.३ प्रतिशत थप कर जोडिने होटलले जनाएको छ। यसमा होटलले ब्रेकफास्ट दिने गरेको छ। साथै स्वीमिङ्ग र १ घण्टा फिटनेस क्लब जान सक्ने होटलले जनाएको छ।
 होटल साङ्ग्रिला
लाजिम्पाटमा रहेको होटल साङ्ग्रिला त्रिभुवन विमानस्थलबाट ६ किलोमिटरको दुरीमा छ। यस होटलमा एक जना नेपालीको लागि एक रातको न्यूनतम सिङ्गलको लागि १० हजारदेखि डबलमा दश हजार पाँच सय रुपैयाँ शुल्क तय गरिएको छ। यसमा ग्राहकले थप २३ प्रतिशत अरु शुल्क तिर्नु पर्ने होटलले जनाएको छ। ब्रेकफास्टदेखि स्वीमिङ्ग र फिटनेस क्लबको शुल्क भने लाग्दैन।होटल र्‍याडिसन
होटल र्‍याडिसनमा नेपालीको लागि एक रातको सामान्य कर जोडेर १६ हजारदेखि २० हजार रुपैयाँसम्म पर्छ। यसमा ब्रेकफास्ट, स्वीमिङ्ग र क्लबको शुल्क लाग्दैन।साभार सेताेपाटी


Facebook Comment


No ads found for this position