नेपालमा पहिलो पटक बेल फोर सेभेन हेलिकप्टर भित्र्यो
२९ पुस, काठमाडौं । सिम्रिक एयरले नेपालमा भित्र्याएको बेल फोर सेभेन हेलिकप्टर एक समारोहकाबीच सार्वजनिक गरेको छ। काठमाडौंको हायात होटलमा भब्य कार्यक्रम गरी उसले वर्ल्ड क्लास सर्भिसको बेल भर्सनको हेलिकप्टर सार्वजनिक गरेको हो। पर्यटनमन्त्री जीवनबहादुर शाही, क्याप्टेन रामेश्वर थापाले संयुक्त रुपमा हेलिकप्टर सार्वजनिक गरेका थिए। कार्यक्रमका लागि भनेर हेलिकप्टर नै हायात होटलमा ल्याण्ड गराइएको थियो। यस्तो हेलिकप्टर नेपालमा पहिलो पटक भित्रिएको सिम्रिक एयरले जनाएको छ। यस हेलिकप्टरले फ्लाइट र यात्रुका बारेमा निरन्तर सूचना दिन्छ ।
६ जना यात्रु र एक जना पाइलट अट्ने यस हेलिकप्टर यात्राका लागि लक्जरी मानिन्छ। यसमा बुबुल उइन्डोज छ भने र फोटोग्राफीका लागि कम्फट मानिन्छ । यो स्पीड परफमेन्स र रियाब्लिटीको लागि प्रख्यात छ । यसका चारवटा मेन रोरर ब्लेड छ । यस हेलिकप्टरको रोयस २५० सि ४७ बी बाइ वी टरवाइन इन्जिन छ ।
११६० केजी भारी बोके यो उड्न सक्छ। यसको मुल्य ३६ करोड नेपाली रुपैयाँभन्दा माथि रहेको छ। यो सँगै सिम्रिक एयरको ४ वटा हेलिकप्टर भएको छ। ३ वटा संचालनमा आइरहेका छन्। सिम्रिकले २०५८ सालमा २ वटा एमआइ सेभेन्टिनबाट हेलिकप्टरबाट उडान सुरु गरेको थियो।
उसका हेलिकप्टरहरु हाइ अटिच्युटमा उडान गर्न सक्ने छन् । सहजै र सरल तरिकाबाट विकट स्थानमा सामान सामानहरु ढुवानी गर्न सिम्रिकका हेलिकप्टर प्रयोगमा आइरहेका छन्। सिम्रिकका हेलिकप्टरहरु पर्यटकिय क्षेत्रका साथै धार्मिक स्थलहरुको अवलोकन तथा दैवी प्रकोपमा उद्धार गर्न सक्ने खालका छन्। एक महिनामा पोखरालाई स्थायी स्टेसन बनाउने गरी त्यहीबाट उडान थाल्ने सिम्रिक एयरको तयारी छ।