प्रवेश पत्रमा फिल्म अभिनेत्रीको ‘टपलेस’ फोटो टाँसिएपछि !

हालै बिहार कर्मचारी छनौट आयोगको लापरवाही सार्वजनिक भएको छ। आयोगले एक युवतीको परीक्षाको प्रवेश पत्रमा उनको फोटोको सट्टा फिल्मको अभिनेत्रीको ‘टपलेस’ फोटो टाँसेको थियो।
यसले गर्दा छात्राको चौतर्फी बदनामी भएको छ भने आयोगको कार्यशैली प्रति प्रश्न उठेको छ। छात्राको स्थायी ठेगाना बिहार राज्यको नालन्दा बताइएको छ। प्रवेश पत्र भाइरल भएपछि सामाजिक संजालमा यसले निकै चर्चा पाएको छ। प्रवेश पत्र ८ जनवरीमा जारी गरिएको थियो।
पीडित परिवारले अर्धनग्न फोटो सार्वजनिक भएपछि छात्रालाई निकै अप्ठ्यारो परेको बताएको छ। परीक्षा २६ जनवरीमा हुँदैछ। जानकारका अनुसार छात्राको नाम बलिउडको कुनै अभिनेत्रीसँग मेल खान्छ।
यसैले परीक्षा पत्रमा गल्तीले अर्को फोटो पर्न सकेको आशंका गरिएको छ। तर, परीक्षाका लागि आवेदन भर्दा ती युवतीले आफ्नो फोटो पनि दिएकी थिइन्। परीक्षाका लागि १८ लाख व्यक्तिले आवेदन फर्म भरेका थिए।