एनसेल ल्याएको ‘सापटी योजना’ जस्तै अब टेलिकमका ग्राहकले पनि ‘सापटी’ पाउने

यसअघि निजी सेवा प्रदायक एनसेलले ल्याएको ‘सापटी योजना’ जस्तै टेलिकमले पनि ल्याउने तयारी थालेको टेलिकमका साहयक प्रवक्ता सोभन अधिकारीले जानकारी दिए।
त्यसरी दिने रकमको सीमा कति हुने, भुक्तानीको प्रक्रिया के हुने भनेर अहिले नै निर्क्यौल भइ नसकेको तर त्यसको लागि टेलिकमले प्राविधिक तयारीलाई तीव्र पारिएको अधिकारीले जानकारी दिए।
हिजो मात्र टेलिकमकी महाप्रबन्धक कामिनी राजभण्डारीले पोखरामा आयोजित एक कार्यक्रममा बोल्दै टेलिकमले क्रेडिट सुविधा उपलब्ध गराउने बताएकी थिइन्।