Blackjack Live Casino: This video slot has a name that fully describes its own theme.
  • Spinland Casino Login App - Every time of of the, there are usually a couple of bingo games to play.
  • Bonuses Online Casino Canada: But the real winning potential lies in the bonus game that has multiplier wilds that can be combined with the ultra-premium mammoth symbol.
  • On line no deposit bingo code

    Casinos 2025 Online
    Take a look below at some of the main topics that youll find covered in our casino news.
    Excelbet Casino No Deposit Bonus Codes For Free Spins 2025
    New Zealand players love their classics, and the interest for games like poker, baccarat, blackjack and roulette is high throughout the country.
    Rather, youre up against a neutral casino dealer.

    Black hawk cryptocurrency casinos Gold Coast

    Casino Bonuses Ireland
    You can play Book of the Ages without restrictions in demo mode on our website.
    Blazing Wilds Megaways App Review
    As well as pokies, you can enjoy table and card games, while regular players can earn points and rewards every time you play.
    Australia Gambling Law

    कर्मचारीको बोनस र भत्ता थप्ने प्रक्रियामा क्यान र नेवानि

    अच्युत पुरी

    पुस नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) र नेपाल वायुसेवा निगम (नेवानि) कर्मचारीको बोनस र भत्ताका लागि करोडौँ रुपैयाँ भार थप्ने प्रक्रियामा छन् । नागरिक उड्डयन क्षेत्रको नियामक निकाय प्राधिकरणले बोनस र नेपाल वायुसेवा निगम प्राविधिक क्षेत्रका कर्मचारी (पाइलट, इन्जिनियर, एयरहोस्टेस)को भत्ता वृद्धि गर्ने प्रस्ताव लिएर सहमतिका लागि तालुक मन्त्रालय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय गएका हुन् । प्राधिकरण र नेवानिको प्रस्ताव कार्यान्वयनमा आउन भने अर्थ मन्त्रालयको स्वीकृति अनिवार्य छ ।

    भत्ता बढाउँदै निगम

    नेपाल वायुसेवा निगमले प्राविधिकतर्फ (पाइलट, इन्जिनियर, एयरहोस्टेस)का कर्मचारीको भत्ता वृद्धि गर्न प्रक्रिया थालेको छ । कर्मचारीको सेवा–सर्तसम्बन्धी विनियमावली २०५८ मा संशोधन गर्दै निगमले भत्ता वृद्धिका लागि पहल थालेको हो । निगम स्रोतका अनुसार भत्ता वृद्धिसम्बन्धी प्रस्ताव सहमतिका लागि अहिले तालुक मन्त्रालयमा पठाइएको छ । निगमले सबै प्रकारका वायुयान उडाउने पाइलट, को–पाइलट, एयरहोस्टेस, इन्जिनियर तथा प्राविधिकतर्फका सबै कर्मचारीको भत्ता बढाउने प्रस्ताव सहमतिका लागि मन्त्रालय पठाएको हो । निगम स्रोतका अनुसार हरेक तह, श्रेणी र पदका कर्मचारीको भत्तामा गरिने वृद्धिबारे छुट्टाछुट्टै प्रस्ताव गरेर सहमतिका लागि मन्त्रालयमा पठाइएको छ । यसबाट निगमलाई थप करोडौँ रुपैयाँ भार पर्नेछ । त्यसको यकिन रकम भने थाहा हुन सकेको छैन ।

    जनशक्ति टिकाउन भत्ता वृद्धि

    निगम स्रोतका अनुसार प्राविधिकतर्फका कर्मचारीलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय निजी क्षेत्रका वायुसेवा कम्पनीले ठूलो रकममा किन्ने प्रवृत्ति बढ्दै गएको छ । यसले गर्दा निगमलाई कर्मचारी टिकाउ मुस्किल परिरहेको छ । राष्ट्रिय–अन्तर्राष्ट्रिय वायुसेवाले दिने तलब–भत्ता समान हुने गरी वृद्धि गर्न लागिएको निगम स्रोतको भनाइ छ ।

    ५३ करोड बोनस बाँड्दै क्यान

    प्राधिकरणले आफ्ना कर्मचारीलाई ५३ करोड २७ लाख रुपैयाँ बोनस बाँड्ने निर्णय सञ्चालक समितिबाट पास भइसकेको छ । महानिर्देशक सञ्जीव गौतमले ३१ डिसेम्बरमा प्राधिकरणको वार्षिकोत्सवका अवसरमा सो जानकारी गराएका थिए । बोनस बाँड्ने निर्णयको सहमतिका लागि प्राधिकरणले मन्त्रालयमा पत्र पठाएको छ । प्राधिकरणले आर्थिक वर्ष ०६२-६३ देखि नै संस्था नाफामा रहेको भन्दै बोनस बाँड्ने निर्णय गरेको हो । प्राधिकरणका महानिर्देशक गौतमले बोनस ऐनअनुसार बोनस वितरण गर्न सकिने बताएका थिए ।

    किन विवादमा तानियो निर्णय ?

    प्राधिकरणले जिम्मेवारी पाएका पूर्वाधार विकासको काम अलपत्र अवस्थामा रहेको, यात्रुबाट विमानस्थल विकास शुल्क तथा यात्रु सेवा शुल्क उठाएर रकम जम्मा गर्ने र अर्बौँ रुपैया“ ऋणभार रहेको संस्थाले बोनस बाँड्न नमिल्ने मन्त्रालयका अधिकारी बताउ“छन् । ‘प्राधिकरणले सञ्चालन गरेका अधिकांश आन्तरिक विमानस्थलमा प्राधिकरण आफैँले निर्धारण गरेका आधारभूत सुविधा र मापदण्ड पुग्न सकेका छैनन्,’ मन्त्रालयका एक अधिकारीले भने, ‘यस अवस्थामा बोनस वितरणको निर्णय गर्नु नैतिकताविहीन कदम हो ।’

    कहाँबाट कमाउँछ प्राधिकरणले ?

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्राधिकरणको मुख्य आम्दानी हुने स्रोत हो । करिब ४ दर्जन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले यस विमानस्थललाई आधार मानेर उडान गर्छन् । ग्राउन्ड ह्यान्डलिङ, पार्किङ, विमानस्थल विकास शुल्क, यात्रु सेवा शुल्कलगायत नाममा प्राधिकरणले आम्दानी गरिरहेको हुन्छ । यसबाहेक देशभरका आन्तरिक विमानस्थलको सञ्चालन पनि प्राधिकरण आफैँले गर्छ ।


    Facebook Comment


    No ads found for this position