सुन तस्करीको नयाँ तरिका….

१ माघ, काठमाडौं । विमानस्थलमा टेपले बेरेर सुन ओसार्ने तस्करहरुको अर्को स्टायल प्रहरीले पत्ता लगाएको छ । शनिबार राति रसुवाबाट आएको टाटा सुमोको इञ्जिनमा सुन १५ किलो सुन फिटिङ गरेको भेटिएपछि तस्करहरुको नयाँ शैली पर्दाफास भएको हो ।

चिनियाँ नाका रसुवाबाट टाटा सुमोको इञ्जिनमा फिट गरेर १५ किलो सुन काठमाडौं ल्याउने क्रममा आइतबार राति गाडीका चालक पक्राउ परेका छन् ।

goldरसुवा हुँदै काठमाडौं आइरहेको टाटा सुमोमा सुन रहेको सूचना पाएपछि कलंकीबाट पिछा गर्दै प्रहरीले शुक्रबार राति उक्त गाडीसहित चालकलाई समातेको हो ।

गाडीमा फल्स बटन बनाएर १५ किलो ल्याइएको बालाजु प्रहरीले जनाएको छ । गाडी चालक पक्राउ परे पनि गाडीको मालिक र सुन कारोबारीसम्म पुग्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यसैसाता ३४ किलो अवैध सुन बरामद भएको घटना सेलाउन नपाउँदै प्रहरीले बालाजुबाट १५ किलो सुन बरामद गरेको हो ।

यो घटनाले नेपालमा अझै पनि सुन तस्करी नरोकिएको स्पष्ट पारेको छ ।

शुक्रबार बरामद गरिएको १५ किलो सुनबारे प्रहरीले पत्रकार सम्मेलन गरी थप जानकारी दिने बताएको छ ।


Facebook Comment


No ads found for this position