हात्ती नियन्त्रणको माग गर्दै माडीमा यातायात बन्द

रत्ननगर (चितवन), १ माघ । दक्षिण चितवनकोे माडीमा वन्यजन्तुको आक्रमण नियन्त्रणको माग गर्दै स्थानीयले आज यहाँ यातायात बन्द गरेका छन् ।

इलाका प्रहरी कार्यालय माडीका अनुसार चितवन राष्ट्रिय निकुञ्जबाट जङ्गली जनावर बस्तीमा पसेर जनधनको क्षति पु¥याउँदै आएको भन्दै स्थानीयले वन्यजन्तु नियन्त्रणको माग गर्दै आज यातायात बन्द गरेका हुन् । बन्दका कारण यहाँ सवारी रोकिएको छ ।

हिजोमात्रै चितवन निकुञ्जबाट बस्तीमा पसेको हात्तीको आक्रमणबाट माडी नगरपालिका–११ खरकट्ठाका १३ वर्षीय सागर सुनारको मृत्यु भएको थियो । सोही घटनाको विषयलाई लिएर खरकठ्ठा चोकमा प्रदर्शन गर्दै स्थानीयले यातायात बन्द गरेका हुन् ।


Facebook Comment


No ads found for this position