Free Five Reel Slots New Zealand: Casino US is on the side of Jane Doe with this one.
  • Winning Slot - Furthermore, this game is available to be played at most new online slot sites.
  • What Online Slot Games Have The Best Odds: If you are deciding what bingo site to choose, first of all make sure that the website is licensed by a reputable gaming authority.
  • How electronic slot machines work

    Slingo Slot Machines Uk
    But the Pilot symbol behaves differently.
    Netent Live Blackjack Uk
    Nhlangano Casino Royale is a small casino hotel in Shiselweni offering 45 rooms in a beautiful setting.
    I don't have to worry though, everything is fine.

    Online slots deals

    Marathonbet Casino No Deposit Bonus 100 Free Spins
    The first is called Valley of the Sun and is 20 free games with a 2x multiplier.
    Slothype Casino No Deposit Bonus 100 Free Spins
    Organizing a wedding - The whole tower chapel and the venue are amongst the best facilities for organizing an all-inclusive wedding.
    New Sites Casino

    ‘होल बडी चेक’ गर्दा कुन अस्पतालको शुल्क कति?

    कृष्णसिंह लोथ्याल

    स्वास्थ्य नै सबैभन्दा ठूलो सम्पत्ति हो। त्यसैले अन्य कुरामा भन्दा पहिले स्वास्थ्यमा ध्यान दिनु जरुरी हुन्छ। शरीरका विभिन्न अंगहरुले सही रुपमा काम गरे नगरेको र स्वस्थ रहे नरहेको बारेमा जानकारी लिई आवश्यक सजगता अपनाउनु नै सबैभन्दा बुद्धिमानी हुने स्वास्थ्य विज्ञहरु बताउँछन्।  गम्भीर भइसकेपछि उपचार गर्दा कतिपय रोग लाखौँ खर्चेर पनि निको नहुन सक्छ। त्यसैले बेलाबेलामा आफ्ना शरीरका अंगहरु स्वस्थ रहे नरहेको परीक्षण गरी त्यहीअनुरुप व्यवहार सुधार्न सकेमा धेरै हदसम्म स्वस्थ रहन सकिने विज्ञहरुको भनाई छ।

    नेपाल किड्नी फाउण्डेसनका अध्यक्ष डा. शक्ति बस्नेतका अनुसार कतिपयलाई एउटा किड्नी फेल भइसकेको जानकारी नहुने तर अर्कोले पनि काम गर्न छोडेपछि अन्तिम अवस्थामा बल्ल परीक्षण गर्ने गरेका छन्। ‘यदी बेलाबेलामा किड्नीको परीक्षण गर्ने हो भने प्रारम्भिक चरणमा धेरै हदसम्म दुबै किड्नी जोगाउन सकिन्छ’ सेतोपाटीसितको कुराकानीमा उनले भने।
    खासगरी उचित खानपिन, व्यायाम, खुसी जीवनशैलीले मात्र स्वस्थ रहन सकिन्छ। स्वस्थ रहन सबैभन्दा पहिला खानपानलाई नै ध्यान दिनुपर्ने डाक्टरहरु सुझाउँछन्। फलफूल र सागसब्जीमा जोड दिने, रातो मासु, चिल्लो, बढी मसलेदार, बढी नुनिलो र गुलियो खाना नखाने, जंक फुड नखाने, पानी पर्याप्त पिउने, मदिरा, धुम्रपान सेवन नगर्ने, नियमित व्यायाम गर्ने, समयमै सुत्ने/उठ्नेजस्ता कुरामा ध्यान दिएमा धेरै रोगबाट छुट्कारा मिल्ने डा. बस्नेत बताउँछन्।
    ६/६ महिनाको अन्तरालमा  स्वास्थ्यका सबैजसो अंगहरुको परीक्षण गर्नेुपर्ने र रोग लाग्नुपूर्व सावधान हुन जरुरी रहेको बस्नेतको भनाइ छ। ‘अस्पतालको कमी कतै छैन, सामान्य स्वास्थ्य क्लिनिक पसलमै सस्तो शुल्कमा धेरै अंगको परीक्षण गर्न सकिन्छ’ उनले भने ‘त्यसैले स्वास्थ्यजस्तो सबैभन्दा ठूलो धन जोगाउन, कुनै हालतमा हेलचेक्राइँ गर्नु हुँदैन।’
    पूर्ण स्वास्थ्य परीक्षणका लागि अधिकांश अस्पतालहरुले विशेष प्याकेज समेत बनाउने गरेका छन्। सस्तो रुपमा सबैले सबै अंगहरु परीक्षण गर्न र सावधानी अपनाउन सकुन् भन्ने उद्देश्यले अस्पतालहरुले ‘होल बडी चेकअप’को प्याकेज संचालन गरिरहेका छन्।
     के हो ‘होल बडी चेकअप’ ?
    ‘होलबडी चेकअप’ गर्दा सामान्यतया मानिसमा चाँडो संभावित ठूला रोगहरुबारे पूर्व जानकारी हुने गर्दछ। होलबडीमा मानिसको मुटु, कलेजो, फोक्सो, मृगौला, छातीको भिडियो एक्सरे गरिन्छ।
    दुवै मृगौलाले सहज तरिकाले काम गरे नगरेको, मुटु, फोक्सो तथा कलेजोको अवस्था पत्ता लाग्छ। परीक्षणपछि के के कुरामा सावधानी अपनाउने भनेर डाक्टरहरुले सुझाव पनि दिन्छन्। ति सुझावहरु अवलम्वन गर्न सकेमा लाखौँ खर्चेर पनि निको नहुने रोगहरुबाट समेत बच्न सकिन्छ।
    त्यस्तै होल बडी चेकअपमा मुत्र थैलीको अबस्था, इसिजी, अल्ट्रा साउण्ड परीक्षण गरी पूर्व जानकारी हुने डा. बस्नेतको भनाइ छ। ‘अहिलेको सामान्य खर्चले, भोलिको संभावित लाखौं खर्च जोगाउने हुँदा होल बडी चेकअपका लागि सानो रकममा कसैले कन्जुस्याइँ गर्न खोज्नु मुर्खता हुनेछ’ उनले भने।
    होल बडी चेकअपमा पनि कतिपयले महिला र पुरुषका हकमा छुट्टाछुट्टै शुल्क तोकेका छन्। महिलामा स्तन, पाठेघरसहित केही थप अंगहरु परीक्षण गर्नुपर्ने भएकाले शुल्क फरक पर्न गएको अस्पतालहरुले बताएका छन्। त्यस्तै प्रारम्भिक चरणमा परीक्षण गर्दा कुनै अंगमा डाक्टरहरुलाई केही शंका लागेमा थप परीक्षण भने गर्नुपर्छ। त्यसैले केही अस्पतालहरुले प्रारम्भिक चरण र दोस्रो चरण गरी चेक अपको प्याकेज बनाएका छन्।
    अब हेरौँ, कुन अस्पतामा कति लाग्छ होल बडी चेकअपको शुल्क?
    टिचिङ अस्पताल
    काठमाडौंस्थित महाराजगंजमा रहेको टिचिङ सरकारी अस्पताल हो। एमबीबीएस पढाई समेत हुने भएकाले यसको नाम ‘टिचिङ’ रहन गएको हो। पढाई त छँदैछ, अस्पतालमा विभिन्न ठूला रोगको उपचार पनि हुने गरेको छ। होलबडी स्वास्थ्य परीक्षण गर्दा जम्मा २ हजार ४ सय ५० रुपैयाँ शुल्क तोकिएको अस्पतालले जनाएको छ। सिभिल अस्पताल 
    नयाँ बानेश्वरस्थित सिभिल अस्पताल अर्ध सरकारी  रुपमा संचालित छ। विभिन्न रोगको उपचार हुने सिभिल अस्पतालमा होलबडी स्वास्थ्य परीक्षण गर्दा ३ हजार २ सय ६५ रुपैयाँ शुल्क लाग्दछ।बी एण्ड बी अस्पताल 
    ललितपुर ग्वार्कोमा रहेको बी एण्ड बी अस्पताल पूर्ण निजी तवरले संचालित अस्पताल हो। विभिन्न ठूला रोगको उपचार हुने बी एण्ड बी अस्पतालमा होलबडी स्वास्थ्य परीक्षणलाई दुई समूहमा छुट्याइएको छ। पहिलो समूहअन्तर्गत सामान्यतः पूर्व जानकारी लिन गरिने होलबडी परीक्षण पर्दछ।पैसाका कारण परीक्षण नरोकियोस् भन्ने उद्देश्यले यो समूह तय गरिएको अस्पतालले जनाएको छ।  जसको शुल्क ३ हजार पाँचसय लाग्दछ।
    मुटुको विशेष परीक्षण गर्नेगरी अर्को समूहमा बडी चेक अप गर्ने गरिएको छ। ब्लडपे्रसर भएका बिरामीले यही समूहबाट पूर्ण परीक्षण गर्नुपर्दछ। ‘कार्डियो प्याकेज’ नामको यो परीक्षणमा शुल्क ६ हजार ५ सय शुल्क लाग्ने अस्पतालले जनाएको छ।   सुमेरु अस्पताल 
    ललितपुर धापाखेलमा रहेको सुमेरु निजी तवरबाट संचालित अस्पताल हो। यहाँ होलबडी स्वास्थ्य परीक्षण गर्दा सामान्य मानिसलाई ४ हजार पाँचसय ५० रुपैयाँ शुल्क लाग्छ। यदी प्रारम्भिक चरणमा कुनै अंगमा रोगको संकेत वा लक्षण देखिएमा पुनः भित्री रुपमा परीक्षण गर्नुपर्दछ। यसका लागि पुरुषका हकमा ९ हजार ९ सय रुपैयाँ र महिलाको हकमा ११ हजार शुल्क लाग्ने सुमेरु अस्पतालले जनाएको छ। अल्का अस्पताल 
    निजी तवरमा संचालित ललितपुर जाउलाखेलमा रहेको अल्का अस्पतालमा होलबडी स्वास्थ्य परीक्षणलाई तीन समूहबाट गर्ने गरिन्छ। समूहअनुसार शुल्क फरक फरक पर्दछ। सामान्य मानिसको हकमा २ हजार ९ सय ७०, र ब्लडपे्रसरका बिरामीको हकमा ४ हजार ९ सय ७० रुपैयाँ शुल्क लाग्छ। मुटु रोग, सुगर भएका बिरामीको हकमा होलबडी परीक्षण गर्दा ७ हजार १ सय रुपैयाँ लाग्ने अस्पतालले जनाएको छ। नर्भिक अन्तर्राष्ट्रिय अस्पताल 
    काठमाडौं थापाथलीमा रहेको नर्भिक अस्पताल निजी तवरबाट संचालित छ। नर्भिकमा निरोगी १५ देखि ४० वर्षको उमेरका मानिसले होलबडी स्वास्थ्य परीक्षण गर्दा  पुरुषका हकमा ६ हजार शुल्क लाग्ने गर्दछ।
    महिलाको हकमा भने केही महँगो पर्ने अस्पतालले जनाएको छ। यदी सुगर, ब्लडप्रेसरका बिरामीले भने भित्री परीक्षण गर्नुपर्ने र  थप शुल्क लाग्ने अस्पतालले जनाएको छ।
    ओम अस्पताल 
    निजी क्षेत्रबाट संचालित चाबाहिलमा रहेको ओम अस्पतालमा पुर्ण स्वास्थ्य परीक्षण गर्दा पुरुषको हकमा १५ हजार पाँचसय र महिलाको हकमा १४ हजार ६ सय रहेको छ।
     वयोधा अस्पताल बल्खु 
    बल्खु रिङगरोडसँगै रहेको वयोधा पनि निजी क्षेत्रबाट संचालित अस्पताल हो। यहाँसामान्य मानिसको होलबडी स्वास्थ्य परीक्षण गर्दा पुरुषको लागि लागि १२ हजार पाँचसय र पहिलाको ११ हजार पाँचसय लाग्ने अस्पतालले जनाएको छ।
    ग्रान्डी अन्तर्राष्ट्रिय  अस्पताल 
    काठमाडौं धापासी हाइटमा रहेको ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल पनि निजी क्षेत्रबाटै संचालित छ। यस अस्पतालमा विभिन्न अंग प्रत्यारोपण पनि हुने गरेको छ। ग्रान्डीमा होलबडी स्वास्थ्य परीक्षण गर्दा प्रारम्भिक चरणमा २ हजारदेखि थप चरणमा १७ हजार सम्मको प्याकेज रहेको छ।
    दुई हजारमा रगतको परीक्षण गरिने र मुटु किड्नीको पनि सामान्य चेकजाँच हुने गर्छ। १७ हजारको प्याकेजमा प्रत्येक अंगहरुको भित्री परीक्षण गरी विस्तृत जानकारी पाइने अस्पतालले जनाएको छ।साभार:सेतोपाटी


    Facebook Comment


    No ads found for this position