भारतीय नोटबन्दीका कारण सुन तस्करी बढ्दो

२ माघ, काठमाडौं । पछिल्लो समय भारत सरकारले पाँच सय र हजार दरका नोटमा प्रतिबन्ध लगाएपछि त्यहाँ सुनको माग बढेको छ । त्यसैका कारण नेपालको बाटो हुँदै सुन तस्करी पनि बढिरहेको हो ।

 

नगद राख्द जोखिम बढेपछि भारतीयले पछिल्लो समय सुन नै डिपोजिट गर्न थालेका छ्न् । सोही कारण भारतीय बजारमा सुनको माग बढेसँगै नेपाल हुँदै त्यहाँ सुन तस्करी बढ्न थालेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख नवराज सिलवलले नोट प्रतिबन्धपछि भारतमा सुरक्षित धन सुनप्रति आकर्षण बढेका कारण नेपालको बाटो हुँदै सुन तस्करी पनि बढेको हो ।

साथै नेपालमा भारु अभाव भएका कारण भुक्तानीका लागि नेपाली व्यवसायीले पनि सुन प्रयोग गर्न थालेको हुन सक्ने सिलवालले बताए । ‘ठूला दरका भारु छैनन्, साना नोट सटही पनि सहज छैन’ उनले भने, ‘भारु भुक्तानीका लगि सुन नै एकमात्र उत्तम उपय हुन सक्छ’

अहिले नेपली बजारमा पनि सुनको माग उच्च छ ।


Facebook Comment


No ads found for this position