यस्ता छन्, लोकमानका चर्चित १० आपराधिक काण्ड

३१ भदौमा लोकमासिंह कार्की (६०) को योग्यता सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले निस्सा प्रदान गर्ने आदेश दिएपछि अदालतबाट जारी म्याद तामेली गर्ने सन्दर्भमा कार्कीले पटक–पटक अवरोध खडा गरे।

बाधा अवरोध गरेको अवधिमा विदेशमा रहेकाले सम्बोच्चले २४ पुसमा कार्कीलाई मुलुकी ऐनको अदालती बन्दोबस्तीको महल अन्तरर्गत कारबाही गर्नु नपर्ने ठहर गर्यो।

तर २०४१ सालमा राजा वीरेन्द्रको हुकुम प्रमाङ्गीबाट सीधै राजसभाको उपसचिवबाट नोकरी शुरु गरेयता उनले गरेका गैर–कानुनी कार्यहरुमा अनुसन्धान थालिनुपर्ने जानकारहरु बताउँछन्। संविधानविद् डा. विपिन अधिकारी भन्छन्, ‘गलत कार्य भएको रहेछ भने सर्वसाधारण नागरिकलाई आकर्शित हुने कानून अनुसारै छानबीन गरेर कार्कीलाई कारबाहीको दायरामा ल्याउनुपर्दछ।’

३ कात्तिकमा व्यवस्थीयका संसदमा दर्ता भएको महाअभियोग प्रस्तावमा कार्कीले संविधानसम्मत रुपमा संवैधानिक निकायको प्रमुखका रुपमा काम नगरेको, कानूनी शासनको खिल्ली उडाएको, संविधान विपरीत केही चिकित्सकहरुलाई कारबाही गर्न त्रिभुवन विश्वविद्यालयलाई अनधिकृत निर्देशन दिएको अभियोग छ।

यस्तै, कार्कीमाथि आफ्ना नातेदारको लगानी रहेको किष्ट मेडिकल कलेजमा एमबीबीएस तथा एमडीमा लागि सीट संख्या थप्न नेपाल मेडिकल काउन्सिललाई अनधिकृत रुपमा निर्देशन दिएको, काठमाडौं विश्वविद्यालयको एमबीबीएसको प्रवेश परीक्षामा अनधिकृत रुपमा हस्तक्षेप गरेको लगायतका आरोप पनि छन्।

उनले गरेका १० चर्चित काण्डहरु प्रकाशित छ। जसमा निम्मानुसारका अपराधहरु उल्लेख गरिएका छन्।
१.सार्वभौम संसदको उपहास
२.राज्य विरोधी कसूर
३.टिपेक्स प्रकरण
४.सुन तस्करी
५.अदालतको अपहेलना
६.जन–आन्दोलनको दमनकर्ता
७.सुपारी तस्करी
८. यूटियल र त्रिपाल काण्ड
९. मेडिकल शिक्षाका माफिया
१०. फोन ट्यापिङ


Facebook Comment


No ads found for this position