नेपालमा कुन–कुन देशबाट आउँछ सुन?

२ माघ, काठमाडौं । नेपालमा चीनबाट अवैध रूपमा धेरै सुन भित्रने गरेको छ। दुबई, युएईबाट पनि तस्करी भएर सुन आउने गरेको छ।

गाडीमा लुकाएर ल्याउन सहज भएकाले रसुवाको केरुङ नाका हुँदै ठूलो मात्रामा सुन नेपालमा तस्करी हुने गरेको छ।

भूकम्पले बन्द हुनुअघि तातोपानी नाकाबाट ठूलो मात्रामा सुन तस्करी हुने गरेको थियो। तातोपानी नाकाबाट तस्करी हुँदै आएको अधिकांश सुन ६ वर्षदेखि नै बरामद हुँदै आएको छ। खाडी मुलुकबाट नेपाल फर्कने कामदारलाई समेत भरियाका रूपमा प्रयोग गरी सुन तस्करी हुने गरेको छ।

आर्थिक प्रलोभनमा पारी झुक्याएर कामदारहरूलाई प्रयोग गरी नेपालमा सुन ल्याइने गरिएको छ।  त्यसरी सुन लिएर आउने कामदारहरू हरेक साताजसो अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ पर्ने गरेका छन्।


Facebook Comment


No ads found for this position