माघीमा सिस्नु हानाहान

२ माघ, जाजरकोट ।जाजरकोटको पूर्वी क्षेत्रमा सिस्नु हानाहान गरेर माघी पर्व मनाइएको छ। यहाँ सिस्नु हानाहान गर्नकै लागि छिमेकी जिल्ला रुकुमको आठबिसकोटलगायतका ठाउँबाट समेत स्थानीय आउने गरेका छन्।

खगेनकोट गाविसका लेखा सहायक लोकेन्द्र केसीका अनुसार बिहानैदेखि जिल्लाका खगेनकोट, रग्दा, भगवती, लहँ, डाँडागाउँ, सक्लालगायतका गाविसमा सिस्नु हानाहान गर्न ठूलो भीड लागेको थियो। माघे संक्रान्तिमा सिस्नु हानाहान नगरे अर्को जन्ममा सुँगुर हुने जनविश्वास छ।

प्रायः सिस्नु हानाहान इष्ट, कुटुम्बका छोरा र छोरीबीच हुने गर्छ। अधिकांशले सिस्नु हानाहानसँगै विवाह बन्धनमा बाँधिने गरेको सक्ला–१ का जयबहादुर खत्रीले बताए।


Facebook Comment


No ads found for this position