यसरी एक्टिभेट गर्न सकिन्छ फोरजी सेवा (भिडियोसहित)

मोवाइल इन्टरनेटमा चौथो पुस्ताको सेवा फोर जी सेवा सुरु भएको छ । यो सेवा थ्री जी भन्दा पाँच गुणा बढी गतिको इन्टरनेट सेवा मानिन्छ ।

नेपाल टेलिकमले आफ्ना उपभोक्ताका लागि पहिलोपटक फोर जी मोबाइल इन्टरनेट सेवा दिन शुरु गरेको हो । तीन अर्ब ८० करोड रुपैयाँ खर्च गरेर ल्याइएको भनिएको यो सेवा अहिले तीन लाख ५० हजार ग्राहकले मात्र प्राप्त गर्ने टेलिकमले जनाएको छ ।

यो सेवाको इन्टरनेटमा उच्च गतिको अडियो एवं भिडियो फाइल सजिलै प्ले गर्न सकिन्छ । फोर जी खास गरि भिडियो कल, भिडियो स्ट्रिमिङ्ग, टेलिभिजन ब्रोडकास्ट, न्युज, टेलिमेडिसिन जस्ता उच्च गतिको इन्टरनेटमा आधारित सेवाको लागि उपयोगी हुन्छ ।

फोर जी सेवा हाल नेपाल टेलिकमको पोष्ट पेड सिममा मात्र चल्नेछ । आगामी माघ २२ गते टेलिकमको वार्षिकोत्सवमा प्रिपेड मोबाइलमा पनि यो सेवा ‘व्यवसायिक लञ्च’ गरिने जानकारी एनटिसीले दिएको छ ।
हाल काठमाडौं उपत्यका एवं पोखराका केही स्थानमा मात्र यो सेवा उपलब्ध हुने टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमको फोर जी सेवा हाल व्याण्ड थ्री अन्तर्गत १८०० मेगाहर्जमा सञ्चालन गरेको छ ।

यो सेवा एक्टिभेट गर्न ‘स्टार फोर फोर फोर ह्यास’ डायल गर्नुपर्छ । यसपछि प्राप्त निर्देशन अनुरुप सिम परिक्षण गर्न तथा फोर जी सेवा एक्टिभेट गर्न सकिनेछ । फोर जी चलेपछि नोटिफिकेसन बारमा फोर जी अथवा एलटीइ लेखिएको देखिनेछ । उपयुक्त सिम नभएमा सिम परिवर्तन गर्नुपर्ने सूचना प्राप्त हुनेछ ।

हेर्नुहोस भिडियो रिपोर्ट


Facebook Comment


No ads found for this position