पोखराका यी ४ होटलहरुले १६ करोड कर तिरे

अमृत सुवेदी

पर्यटकीय नगर पोखरमा होटलहरुले कर भटाभट बुझाउन थालेका छन् । नाम चलेका तर करको दायरमा नआएको पोखरा पाँचतारे होटल देखि नाम चलेका होटलहरुलाई पोखरा उपमहानगरपालीकाले ताकेता गरेपछी करको दायरमा होटलहरु आएका हुन् ।
कर नतिर्ने ठूला करदाताप्रति उपमहानगर कठोर बन्न थालेपछि करदाता करको दायरामा आउन थालेका हुन्। ठुला ठुला होटलहरुले नै बक्यौता कर नतिरे सरकारी सेवा सुविधा कटौती गर्ने, बैंकिङ कारोबार रोक्न राष्ट्र बैंकलाई आग्रह गर्ने र कानुन बमोजिम कारबाही गर्ने नगरपालिकाले चेतावनी दिएपछि कर दाखिला गर्ने बढेका छन्।
पाँचतारे होटल ग्रान्डले पोखरा उपनगरपालिकालाई साडे ७५ लाख रुपैयाँ बुझाएको छ भने हप्ता अघिमात्रै पोखराको सांग्रिला भिलेज रिसोर्टले ५७ लाख रुपैयाँ बुझाएको थियो । होटल ग्रान्डले सञ्चालन भएदेखिको सम्पति कर बुझाएको थिएन। पोखरा उपमहानगरपालिकाले पटकपटक ताकेता गरेर कारबाहीकै प्रक्रियामा जाने चेतावनी दिएपछि ग्रान्डले उक्त रकम बुझाएको हो।
‘होटल ग्रान्डले ७३ लाख सम्पति कर र २ लाख ५० हजार रुपैयाँ एकिकृत कर बुझाएको छ,’ । होटल ग्रान्ड पोखरामा खुलेको ८ वर्षपछि बल्ल सम्पति कर बुझाएको हो।’

सबैलाई करको दायरामा ल्याउन हामीले पटकपटक ताकेता गरेका छौंं,’ पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुंगानाले भने, ‘धेरैचोटी ताकेता गर्दा पनि अटेर गरेपछि कारबाहीकै चेतावनी दिनुपरेको छ।’
हप्ता अघिमात्रै पोखराको सांग्रिला भिलेज रिसोर्टले ५७ लाख रुपैयाँ बुझाएको थियो । रिसोर्टले १८ वर्षदेखि तिर्न बाँकी सम्पति कर बुझाएको हो । रिसोर्टले अझै झन्डै ३ लाख रुपैयाँ एकीकृत सम्पति कर बुझाउन बाँकी छ।


सरकारी नियम पालना नगरेका कारण पोखराको भाटभटेनी डिपार्टमेन्ट स्टोरले स्थानीय निकायबाट पुर्याउनुपर्ने प्रक्रिया नपुर्याएकाले महिना दिनअघि ७४ लाख रुपैयाँ बुझाएको थियो । भाटभटेनीले नक्सापास तथा घरजग्गा करबापत ५८ लाख, समयमै निर्माण सम्पन्नताको प्रमाणपत्र नलिएका कारण १४ लाख ३० हजार र २ वर्षको एकीकृत करबापत १ लाख ६० हजार रुपैयाँ बुझाएको थियो।

कर उठाउन नगरपालिकाले कडाइ गरेसँगै लेखसाइडको टेम्पल ट्रीले १७ लाख, होटल ड्रागनले साडे ७ लाख र अतिथि रिसोर्टले ४ लाख रुपियाँ कर हालसालै मात्र बुझाएका छन्।

‘कडाइ गरेसँगै कर तिर्ने क्रम बढेको छ,’ कार्यकारी अधिकृत ढुंगानाले भने, ‘राज्यलाई तिर्नै पर्ने कर पनि तिर्न नपरे हुन्थ्यो भन्ने मानसिकता त्याग्न जरुरी छ । सबै करको दायरामा आउनैपर्छ ।’ नगरपालिकाको झन्डै १० करोड बक्यौता रकम अझै उठ्न बाँकी छ।फूलबारी रिसोर्ट, मनिपाल मेडिकल कलेज लगायतले लामो समयदेखि कर तिरेका छैनन। मनिपालको जग्गा लिजमा लिइएका कारण कसरी कर उठाउने भन्ने विषयमा मतभेद भए पनि कर छुट नपाउने र कर तिर्न ताकेता भइरहेको नगरपालिकाले जनाएको छ। नगरपालिकाले पाँचतारे फूलबारी रिसोर्टलाई तत्काल कागजात पेस गर्न भनिरहेको छ।

लामो समय कर नतिर्ने र करको दायरामै नआउनेलाई अहिले पोखरा उपमहानगरपालिकाले कडा ताकेता गरेको छ । कार्यकारी अधिकृत भएर आए लगत्तै ढुंगानाले कर असुलीलाई तीब्र बनाएका छन् । आए कर नतिर्ने करदाताको सूची तयार पारेर ताकेता गर्ने र नतिरे कानुनी कारबाहीमै लाग्ने कार्यकारी अधिकृत ढुंगानाले बताए । नगरपालिकाले सम्पति कर शीर्षकमामात्रै झन्डै १० करोड रुपैयाँ उठाउन बाँकी छ । ‘हामी कर नतिर्नेलाई छाड्नेवाला छैनौं,’ ढुंगानाले भने, ‘करदाताको करको दायित्व यकिन गरेर कर तिर्न आग्रह गर्दा पनि नतिरे सेवा सुविधा कटौती गर्छौं र अन्य कारबाही अगाडि बढाउँछौं।’

ककसले बुझाए ठूलो कर
होटल ग्रान्ड–७५ लाख
भाटभटेनी सुपरमार्केट–७४ लाख
सांग्रिला भिलेज रिसोर्ट–५७ लाख
–टेम्पल ट्री– १७ लाख
–होटल ड्रागन– साडे ७ लाख


Facebook Comment


No ads found for this position