Rules For Rummy 2 Player New Zealand: We also provide an opportunity to choose a suitable online casino with this machine to make real bets.
  • Tilbud Casino Login App Sign Up - As a team, the Titans finished with 195 yards rushing (5.1) against the Lions, who have the leagues fourth-worst rush defense.
  • Legit Online Casino Slots: Click the I Agree to the End User License check box at the bottom of the screen to continue.
  • Crypto Casino live table games

    Wild Jack Casino Login App Sign Up
    We look favourably on Apple Pay casinos that have thousands of games from the best software providers.
    Sant Climent Casino Review And Free Chips Bonus
    This online casino also has something special for the high rollers out there a massive deposit match bonus on large deposits for all table games.
    Almost all the top virtual casinos in 2024 provide users with versions of the mobile game.

    Sports betting free money without deposit

    Roulette Simulator European
    If youve ever spent any time in Georgia, youll know Georgians do love to gamble.
    Cruise Casino No Deposit Bonus Codes For Free Spins 2025
    You can your favorite games in a comfort, order to browse through the games.
    Best Online Casino With Welcome Bonus

    यी हुन् सभापति देउवाका १० महिना सफल र असफल कार्य

    रमेश सापकोटा

    काठमाडौं, ३ माघ । कांग्रेसको १३औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी घोषणा गर्दा शेरबहादुर देउवाले आफूले जिते कांग्रेसलाई विधि, विधान र पद्धतिमा डोहोर्‍याउने बताएका थिए । नभन्दै १३औँ महाधिवेशनबाट कोइराला बिरासतलाई पछि पार्दै देउवा सभापतिमा निर्वाचित भए । औपचारिक रूपमा कांग्रेसको कमान्ड हातमा आएको अहिले दश महिना बितेको छ, तर तिनै देउवाले पार्टीको विधानले बाँधेका कैयौँ कामलाई पूर्णता दिन सकेका छैनन् ।

    दुई महिनाभित्र पदाधिकारी चयन, विभाग गठन, केन्द्रीय समितिलाई पूर्णता, केन्द्रीय कार्यसम्पादन समिति गठनजस्ता महत्वपूर्ण काम गर्न देउवा असफल देखिएका छन् । तर, लामो समयदेखि रोकिँदै आएका तीन महत्वपूर्ण भ्रातृ संगठनको महाधिवेशन सम्पन्न गराउन र एमाले–माओवादीको सत्ता गठबन्धन तोडेर आफ्नो दलको सहभागितामा नयाँ सत्ता समीकरण निर्माण गर्न भने देउवा सफल देखिएका छन् ।

    वैशाखमा मुख्यसचिव चयन

    किस्ता–किस्तामा केन्द्रीय सदस्य मनोनीत गरेका देउवाले २७ वैशाखमा केन्द्रीय कार्यालयको मुख्यसचिवमा स्याङ्जाका कृष्णप्रसाद पौडेललाई नियुक्ति गरे । पौडेल ट्रेड युनियन कांग्रेस र शिक्षक संघमा काम गर्दै आएका थिए ।

    १० महिनामा केन्द्रीय कार्यसमितिका चार बैठक

    ३ चैतमा औपचारिक रूपमा सभापतिको पदभार ग्रहण गरेपछिका दश महिनामा कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक चारपटक बसेको छ । पदभार ग्रहण गरेको दोस्रो दिन देउवाले केन्द्रीय कार्यसमितिको पहिलो बैठक बोलाएका थिए । सो बैठकले महाधिवेशन सफल बनाउन सहयोग गर्नेलाई धन्यवाद दिने, संसदीय दल कार्यसमितिका लागि निर्वाचन समिति गठन गर्ने, ६ महिनाभित्र नेविसंघ, महिला संघ र तरुण दलको महाधिवेशन गर्ने, भूकम्पपीडितका लागि छिटो घर निर्माण गर्न सरकारलाई दबाब दिने र संविधान कार्यान्वयनका लागि अग्रसरता लिने निर्णय गरेको थियो ।

    पहिलो बैठक बसेको १९ दिनपछि २२ चैतमा देउवाले केन्द्रीय कार्यसमितिको दोस्रो बैठक बोलाए । बैठकले संशोधन र परिमार्जनसहित संसदीय दलको विधान पारित गर्‍यो । अन्य विषयमा छलफल भएन । एकै महिनामा दुईपटक केन्द्रीय कार्यसमितिको बैठक बसेको कांग्रेसको तेस्रो केन्द्रीय कार्यसमिति भने चार महिनापछि ४ साउनमा बस्यो । बैठकले तत्कालीन प्रधानमन्त्री केपी ओलीविरुद्ध माओवादीसहितका १३ दलले अघि बढाएको अविश्वासको प्रस्ताव पारित गराउन सक्रिय समर्थन गर्ने निर्णय गर्‍यो । साथै, नयाँ प्रधानमन्त्रीको निर्वाचनमा सहयोग गर्न सबै पक्षलाई अपिल गर्‍यो । त्यसको तीन महिनापछि ९ कात्तिकमा देउवाले चौथो बैठक राखे ।

    सो बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि लागेको महाअभियोग प्रस्तावबारे छलफल भयो । बैठकले महाअभियोगको विषय संसद्को विशेषाधिकार भएको भन्दै संसदीय दलको बैठकले टुंगो लगाउने निर्णय गर्‍यो । त्यसयता केन्द्रीय समितिको बैठक बस्न सकेको छैन । देउवापक्षीय एक नेता दुई महिनामा गर्नुपर्ने मनोनयनदेखिका प्रक्रिया पूरा गर्न नसक्नुलाई नेता व्यवस्थापनको समस्या मान्छन् ।

    ‘सभापतिले गर्दिनँ भनेर कहिल्यै पनि भन्नुभएको छैन, तर १० महिना भयो गर्नुभएको पनि छैन,’ ती केन्द्रीय सदस्यले भने, ‘राष्ट्रिय राजनीतिमा भूमिका खेल्नुपर्ने बहाना देखाएर आफ्नो अक्षमता ढाक्न खोजिँदै छ ।’

    प्रवक्ताविनाको १० महिना

    देउवाले पार्टीको प्रवक्तासमेत चयन गर्न सकेका छैनन् । प्रवक्तामा डा. प्रकाशशरण महत, अर्जुननरसिंह केसी, रमेश रिजाल, एनपी सावदलगायतको दाबेदारी छ । प्रवक्ता पदको हैसियत पदाधिकारीजत्तिकै हुने भएकाले यसमा धेरैले आँखा लगाएका छन् ।

    आकांक्षी धेरै हुँदा देउवाले चयन गर्न सकेका छैनन् । प्रवक्ताविना नै पार्टीका चारवटा केन्द्रीय कार्यसमिति बैठक बसेको कांग्रेसमा बैठकका निर्णय बाहिर ल्याउन एकरूपताको अभाव देखिएको छ ।

    विभाग गठन नारामै सीमित

    अधिकांश केन्द्रीय सदस्यलाई व्यवस्थापन गर्न र पार्टीका तल्लो तहसम्म जोडिरहन सक्ने विभागलाई चलायमान गराउन पनि देउवा असफल भएका छन् ।

    विभाग गठनमा अघिल्ला सभापति कोइराला पनि लामो समयसम्म असफल देखिएका थिए । धेरै ढिलो गरी कोइरालाले गठन गर्न खोज्दा देउवा पक्षले भागबन्डाको कुरा निकालेर अवरोध गरेको थियो । जसका कारण कोइरालाको कार्यकालभर विभाग गठन नै हुन सकेन । देउवाले भने अहिलेसम्म विभाग गठनको प्रयत्न नै गरेका छैनन् । संगठन, विदेश, अर्थ, स्वास्थ्यसहितका ३० विभाग गठन गर्ने कुरा आफ्नो प्राथमिकतामा रहने देउवाको भनाइ थियो ।

    पछिल्ला तीन–चार महिनायता उनले सार्वजनिक कार्यक्रममा अर्को पक्ष (रामचन्द्र पौडेल)सँग नाम मागेको, तर नदिएकाले ढिलो भएको बताउँदै आएका छन् । केही दिनअघि बुढानीलकण्ठस्थित निवासमा आयोजित पत्रकार भेटघाटमा देउवाले अर्को पक्षसँग नाम मागेको भन्दै छिटै विभाग गठन हुने बताएका थिए ।

    बनेन केन्द्रीय कार्यसम्पादन समिति

    नियमित केन्द्रीय समितिको बैठक बस्न नसक्दा महत्वपूर्ण विषयमा धारणा बनाउन केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्नुपर्ने भए पनि गठन भएको छैन ।

    कोइरालाको कार्यकालमा पनि सो समिति बन्न सकेको थिएन । सो समितिको अभावमा केही शीर्ष नेता र पूर्वपदाधिकारी मात्रै बसेर निर्णय गर्ने गरिएको छ । जसको विरोध हुँदै आएको छ । २७ सदस्यीय केन्द्रीय कार्य सम्पादन समितिमा केन्द्रीय कार्यसमितिका पदाधिकारी पदेन सदस्य हुन्छन् ।

    जहाँ सफल भए देउवा

    १) तीन भ्रातृ संस्थाको महाधिवेशन सभापतिमा निर्वाचित भएपछि देउवाले वर्षौँदेखि हुन नसकेका केही महत्वपूर्ण काम सम्पन्न गरेका छन् । पटकपटक मिति घोषणा हुँदै र स्थगित हुँदै आएका नेपाल विद्यार्थी संघ, महिला संघ र तरुण दलको महाधिवेशन सम्पन्न भएको छ ।

    २) वाम गठबन्धन टुटाउन सफल पार्टीका कैयौँ विषयमा देउवा प्रभावहीन देखिए पनि संविधान जारी भएपछि बनेको एमाले र माओवादी सम्मिलित सत्ता गठबन्धन टुटाउन उनी सफल भए । सरकारमा सहभागी दल माओवादीकै अगुवाइमा सरकार ढाल्ने र कांग्रेसको निर्णायक भूमिकासहित नयाँ सरकार बनाउने रणनीतिमा देउवा सफल देखिए ।

    ३) संसदीय दल र कार्यसमिति चुनाव सभापति निर्वाचित भएपछि संसदीय दलको चुनावबाट देउवा दलको नेता चुनिए । उनकै सक्रियतामा दलको कार्यसमिति निर्वाचन पनि सम्पन्न भयो । सुशील कोइरालाकै पाला कार्यसमितिको चुनाव सुरु भएर सभासद् भोट हाल्न लाइनमा बसेपछि एकाएक स्थगित भएको थियो । तर, देउवाले चुनाव सम्पन्न गराए ।

    यहाँ असफल भए देउवा

    १) चार चरणमा १२ सदस्य मनोनीत, नौ अझै बाँकी सभापतिको रूपमा प्रमाणपत्र लिएकै दिन गत ३ चैतमा कांग्रेस सभापति देउवाले रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, महामन्त्रीमा पराजित अर्जुननरसिंह केसी, गगन थापा, चित्रलेखा यादव, उमाकान्त चौधरी र नरहरि आचार्यलाई मनोनीत गरेका थिए । त्यसयता थप तीन किस्तामा पाँच केन्द्रीय सदस्य नियुक्त गरे, तर नौ सदस्यको सिट अझै खाली छ ।

    २)विधानतः दुई महिनामा गठन हुनुपर्ने विभाग अलपत्र सभापति निर्वाचित भएको दुई महिनाभित्र पार्टीका सबै संरचनालाई पूर्णता दिनुपर्ने विधानमा उल्लेख छ । तर, देउवाले पदाधिकारी, प्रवक्ता, सबै केन्द्रीय सदस्य मनोनीत, विभाग गठन र केन्द्रीय कार्यसम्पादन समिति गठनजस्ता महत्वपूर्ण काम गर्न सकेका छैनन् । १२औँ महाधिवेशनबाट निर्वाचित सभापति सुशील कोइराला पार्टी विधान, विधि र पद्धतिमा नहिँडेको भन्दै देउवा पक्षका केन्द्रीय सदस्यले सामूहिक राजीनामासमेत दिएका थिए । तर, देउवा आफैँले विधान मिचेका छन् ।

    ३) उपसभापति र महामन्त्रीको मनोनयनमा अन्योल

    विधानअनुसार उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनीत गर्ने जिम्मेवारी सभापतिलाई छ । तर, १० महिना बित्दासमेत देउवाले पदाधिकारी नियुक्तिको प्रस्तावसमेत ल्याउन सकेका छैनन् । यसअघिका सभापति कोइरालाले भने दुई महिनाभित्रै उपसभापति र महामन्त्री मनोनयनको प्रस्ताव केन्द्रीय समितिमा ल्याएका थिए । तर, देउवा पक्षको विरोधका कारण प्रस्ताव नौ महिनासम्म अलपत्र परेको थियो ।

    ‘रुल अफ ल’मान्छौँ भनेर कसरी विश्वास दिलाउने ?

    दिलेन्द्रप्रसाद बडू, केन्द्रीय सदस्य

    पार्टीका हरेक संरचनालाई दुई महिनामा पूर्णता दिनुपर्ने हो । तर, ढिलाइ भइरहेको छ । मुलुकमा संविधान कार्यान्वयन गर्नुपर्ने पनि अभिभारा छ भन्ने बहाना देखाएर पार्टीलाई विधान र पद्धतिमा हिँडाउन ठ्याक्कै भुलेकोजस्तो देखियो । पार्टीमा नेतालाई जिम्मेवारी बाँड्न सकियो भने सभापतिलाई नै सजिलो हुन्छ । तर, उहाँलाई अप्ठ्यारो के हो ? बुझ्न सकिएको छैन । अब ढिलाइ गर्न हुँदैन । हामीजस्तो प्रजातान्त्रिक पार्टी विधानसम्मत नचल्ने हो भने हामी आफैँ ‘रुल अफ ल’ मान्दैनौँ भने अरूलाई कसरी विश्वास दिलाउने ?

    विगतमा पनि रोकिँदै आएको हो

    एनपी साउद, केन्द्रीय सदस्य

    विगतदेखि नै कांग्रेसको संरचनालाई पूर्णता दिन ढिलाइ हुँदै आएको हो । सभापतिले शपथग्रहण समारोहमा सात केन्द्रीय सदस्य मनोनीत गर्नुभएको थियो । त्यसयता संसदीय दलको निर्वाचन भयो । रोकिँदै आएका भ्रातृ संस्थाको अधिवेशन पनि भयो । ठूलो दल कांग्रेस सरकार गठनमा पनि लाग्नुपर्नेजस्ता बोझका कारण पदाधिकारी चयन, विभाग गठन, केन्द्रीय कार्यसम्पादन समिति गठनजस्ता विषयमा ढिलाइ हुन गएको हो । सभापति यस विषयप्रति संवेदनशील हुनुहुन्छ । छिटो गर्नुपर्छ भन्नेमा सभापतिले नै जोड दिँदै आउनुभएको छ । साभार नयाँपत्रीका


    Facebook Comment


    No ads found for this position