दीपकराज गिरीमाथि अनुसन्धान चल्दै प्रहरी
तर सय दिन मनाएको उल्लासकै बीच चलचित्र पाइरेसी भएर युट्युव मार्फत सार्वजनिक भयो । अनि विदेशमा रहेका निर्माता तथा कलाकार दीपकराज गिरीले आफ्नो चलचित्र पाइरेसी भएर विदेशमा देखाउन नपाएको गुनासो सहितको फेसबूक स्टाटस लेखे । उनले स्टाटसमा दोषीलाई कानून अनुसारको कारवाही हुने कुरा पनि उल्लेख गरेका थिए ।
‘छक्का पञ्जा’ पाइरेसी भएपछि युट्युबमार्फत चलचित्र आधिकारिक रूपमा सार्वजनिक पनि गरियो । यही क्रममा ‘छक्का पञ्जा’को पाइरेसी मुद्दा खेपिरहेका युवामध्ये एक (कृष्ण सुवेदी) ले आत्महत्या गरे ।
सुवेदीले लेखेको आत्महत्यापत्रमा ‘यस्तै हुन्छ भन्ने थाहा थियो’ भनी उल्लेख छ । यही आधारमा उनको परिवारले यो आत्महत्या नभई हत्या भएको आरोप लगाएको छ । यही कुरालाई समातेर सामाजिक सञ्जालमा गिरीको चर्को आलोचना भयो । आत्महत्या गर्ने युवकलाई ‘छक्का पञ्जा’को टोलीले धम्क्याएको आरोप लाग्यो ।
यता गिरीले फेसबूकमा अर्को स्टाटस लेख्दै ‘सबैको भलो चाहने मान्छेलाई विनाकारण आरोप लगाइएको’ गुनासो पोखे । उनले आफू दोषी देखिए सजाय भोग्न तयार भएको समेत स्टाटसमार्फत प्रस्ट पारे ।
यस मुद्दामा प्रहरी अनुसन्धान जारी छ ।
उता अर्का हास्यकलाकार केदार घिमिरे (माग्ने बूढा) ले दीपकराज गिरीलाई आफूले धेरै पहिलेबाट चिनेको बताउँदै उनी अरूलाई धम्क्याउने खालको मान्छे नभएको बताएका छन ।
गिरीले यसभन्दा पहिले एक युवाले चलचित्र पाइरेसी गर्दा पनि उसको जिन्दगी बिग्रन्छ भनेर सामान्य चेतावनी दिएर छाडिदिएको स्मरण गरेका छन । ‘आरोप सत्य प्रमाणित भएमा सजाय भोग्छु भन्दाभन्दै पनि आरोप लाग्दैमा मानिसले यसरी गाली नगरेको भए हुन्थ्यो’ उनले फेसबुकका दुखेसो पोखेका छन् ।
अहिले बजारमा दीपकराज गिरी दोषी कि निर्दोषी भन्ने बहस चलिरहेको छ । प्रहरीको अनुसन्धान पूरा नहुञ्जेल यसै हो भन्ने स्थिति छैन ।