एनजिओको कार्यक्रम गर्न विद्यालय नै बन्द

माघ, काठमाडौं । रौतहटस्थित चन्द्रपुर नगरपलिको जनज्याति उच्च माध्यमिक विद्यालय बन्द गरी सोमबार एक गैरसरकारी संस्थाले खुला दिसामुक्त वडा घोषणा गरेको छ ।

चार दिन पनि एक रक्सी कम्पनीको कार्यक्रममका लागि पनि उक्त विद्यालय बन्द गरिएको थियो । विद्यालय प्रशासनले पटपटक विद्यालय बन्द गर्न थालेपछि विद्यार्थी आक्रोशित भएका छन् ।

जनसेवा नेपाल माधोपुरले विद्यालयको मञ्च प्रयोग गरी पैसा बचाउने नियतले सोमबार विद्यालयमा कार्यक्रम गरेको जनाएको छ ।

संस्थाका भाग्य नारायण महतो बालबालिका शान्ति क्षेत्र अभियान रौतहटका सदस्य हुन् । विद्यालय प्रशासनले भने संस्थाले मञ्च मागेको तर नदिँदा रिसाउने भएकाले आफूहरु वाध्य भएको जनाएको छ ।


Facebook Comment


No ads found for this position