फागुन १५ देखि अत्याधुनिक सुविधासहित ११ तले धरहरा बन्ने

माघ, काठमाडौं ।  राजधानीको सुन्धारामा रहेको ऐतिकासिक धरहरा अघिल्लो वर्षको भूकम्पले धुलीसात बनाएयता धेरैको मनमा यो कौतुहलता छ। ‘धरहार ढले पनि विश्वास ढलेको छैन, यो उठ्नेछ छिट्टै उठ्नेछ,’ यस्तै सोचेर अघिल्लो सरकारले अघि सारेको म बनाउँछु धरहरा अभियानमा हजारौं नेपालीले करोडौं सहयोग गरे।

धरहरा बनाउन विदेशी सहयोग नलिने, नेपालीकै सहयोगबाट सम्पन्न गर्ने नारासहित अघि सारिएको उक्त अभियानमा साथ दिँदा पनि किन ढिलो हुँदै छ धरहरा पुननिर्माण? नेपालीको यो जिज्ञासा अब छिट्टै मेटिनेछ।

किनकि सरकारले अर्को महिनाबाट धरहरा पुननिर्माण सुरु गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री कार्यालयमा आईतबार बसेको प्रधानमन्त्री कार्यालय, पुननिर्माण प्राधिकरण, पुरातत्व विभाग, सञ्चार मन्त्रालय, काठमाडौं महानगरपालिकालगायत सरोकारवाला निकायका सचिवस्तरीय बैठकले फागुन १५ गते भित्र धरहराको पुननिर्माण कार्य थाल्ने निर्णय गरेको हो।

धरहरा पुननिर्माणको जिम्मा नेपाल टेलिकमलाई दिने निर्णय छलफलले गरेको छ। अब बन्ने धरहरा ११ तला र उचाइ पहिलेजत्तिकै २ सय ४५ फिट राखिनेछ। अपांगता भएका, बालबालिका बालबालिका र वृद्धवृद्धालाई ध्यानमा राखी दुई वटा लिफ्ट राखिनेछ। थपिएका दुई तलामा भूमिगत पार्किङ र म्युजियम राखिनेछ।


Facebook Comment


No ads found for this position