बिजुलीमा थप सहजस् खिम्ती,ढल्केबर २२० केभी प्रसारण लाइन सञ्चालनमा

काठमाडौंस् झन्डै १४ वर्षअघि निर्माण थालनी भएको खिम्ती,ढल्केबर २२० केभी प्रसारण लाइनबाट मंगलबार साँझ ६ बजेदेखि विद्युत् ओसार्न सुरु भएको छ । यसबाट राजधानीलगायत वरपरका १० जिल्लामा विद्युत् आपूर्ति सुनिश्चित भएको छ ।
आयोजनाप्रमुख श्यामकुमार यादवका अनुसार केही दिनअघि चार्ज गरेर परीक्षण समाप्त भएपछि मंगलबार खिम्तीको बिजुली लामोसाँघु हुँदै भक्तपुर सबस्टेसनमा जोडिएको छ । ुढल्केबरदेखि भक्तपुरसम्मको लाइन अब एउटै भएको छु, यादवले मंगलबार अन्नपूर्णसित भने,अब यसको दोस्रो सक्र्युट यही आर्थिक वर्षभित्र सम्पन्न हुनेछ ।यो लाइन चार्ज भएपछि भारतबाट आयात हुने बिजुली ढल्केबर हुँदै राजधानीसम्म ल्याउन सहज भएको छ । राजधानी उपत्यका जोड्ने ग्रिडहरू अलगअलग भएका कारण भारतीय बिजुली केन्द्रसम्म ल्याउन सकिएको थिएन । विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीका अनुसार आगामी माघ १९ देखि भारतको मुजफ्फरपुरदेखि ढल्केबर हुँदै ४० मेगावाट बिजुली ढल्केबरबाट खिम्ती—लामोसाँघु हुँदै उपत्यका ल्याउने योजना छ ।
आगामी केही दिनभित्रै देशभर बिजुली उत्पादन घट्ने र माग बढ्ने अवस्थालाई दृष्टिगत गरी ढल्केबरबाट ९० मेगावाट बिजुली ल्याउने तयारी गरेको प्रवक्ता अधिकारीले बताए । त्यतिबेला ६० मेगावाटको खिम्तीले मुस्किलले २० मेगावाट मात्र उत्पादन गर्ने भएकाले भारतीय बिजुली र स्वदेशको गरी उपत्यकालगायत वरपरका जिल्लालाई लोडसेडिङमुक्त राख्न कुनै समस्या नहुने जानकारी उनले दिए ।अब उपत्यकामा विद्युत्को नियमित आपूर्ति सुनिश्चित गर्न सकिनेछु, अधिकारीले भने । प्रसारण लाइनको टावर निर्माणमा सिन्धुलीका बासिन्दाले अवरोध गरेका कारण यो संरचना निर्माणमा आठ वर्ष ढिलो भएको हो । अघिल्लो वर्ष प्राधिकरणका तत्कालीन कार्यकारीनिर्देशक मुकेशराज काफ्लेले स्थानीयलाई सहमत गराई काम सुरु गराएका थिए ।
विश्व बैंकको ऋण सहयोगमा निर्माण भएको सबस्टेसनसहित यो प्रसारण लाइनको लागत दुई अर्ब रुपैयाँभन्दा बढी परेको छ । प्रसारण लाइनको मात्र लागत एक अर्ब रुपैयाँभन्दा बढी रहेको आयोजना प्रमुख यादवले बताए । खिम्तीको बिजुली पूर्वमा प्रसारण गर्दा हालको संरचनाअनुसार २५० किलोमिटर पार गर्नुपर्छ । खिम्तीबाट ढल्केबरसम्मको प्रसारण लाइन जम्मा ७५ किलोमिटरमात्र छ ।
यो लाइन सञ्चालनमा आएपछि प्राधिकरणको प्रणालीमा कम्तीमा २४ लाख युनिट बिजुली प्राविधिक रूपमा बचत हुने प्राधिकरणको वितरण तथा ग्राहक सेवाका निवर्तमान उपकार्यकारी निर्देशक रामचन्द्र पाण्डेयले बताए ।यो लाइन निर्माण भएपछि प्राधिकरणलाई दुईवटा विकल्प रहेकाले उसको प्रणाली सञ्चालन, विश्वसनीय बिजुली र भोल्टेजमा सुधार हुनेछु, पाण्डेले मंगलबार अन्नपूर्णसित भने, अब छोटो दूरीको प्रसारण उपयोग गर्न पाउँदा प्राधिकरणको आर्थिक र प्राविधिक स्थितिमा समेत सुधार आउनेछ ।
खिम्ती ढल्केबर प्रसारण लाइनको दोस्रो सक्र्युट पनि निर्माण सम्पन्न भएपछि एक हजार मेगावाट बिजुली ओसारपसार गर्न सकिने जानकारी आयोजना प्रमुख यादवले दिए । यसबाट आगामी डेढ वर्षपछि ४५६ मेगावाटको माथिल्लो तामाकोसीसहित तामाकोसी बेसिनमा निर्माणाधीन आयोजनाबाट उत्पादित बिजुली सहजै पूर्वाञ्चल पठाउन सकिन्छ ।


Facebook Comment


No ads found for this position