सगरमाथा विमानस्थल निर्माण अनिश्चित
चार दशकअघि विमानस्थल बनाउने र आकाशमा उड्ने उदयपुरका जनताको सपना अझै अनिश्चित बनेको छ । निर्माण प्रक्रिया थालिएको ४४ वर्ष बितिसक्दा प्रस्तावित सगरमाथा विमानस्थलको काम बल्ल प्राविधिक सर्भे र वातावरणीय प्रभाव मूल्यांकनको काम सम्पन्न भएको छ । बाँकी काम अझै अधूरै छ ।
विमानस्थल निर्माणको काम अहिले जस्तै कछुवागतिमा अघि बढ्ने हो भने विमानस्थल बनाउन अझ ४० वर्ष लाग्ने स्थानीयको अनुमान छ । यसबीचमा विमानस्थलको ठाउँ तीन पटक सारी तीनै पटक शिलान्यास गरिसकिएको छ ।प्रस्ताव गरिएको त्रियुगा नगरपालिका वडा नं २, ३ र ४ को १४ बिघा १६ कठ्ठा १६ धुर जग्गामा प्राविधिक हिसाबले विमानस्थल बन्न नसक्ने प्राविधिक समितिले प्रतिवेदन पेस गरेपछि जग्गा बिक्री गरी त्रियुगा नगरपालिका १० उत्तराइटोलमा ४३ बिघा जग्गा खरिद गर्ने सहमति जुटेको थियो ।
तर उक्त जग्गा बिक्रीका लागि स्थानीय विकास मन्त्रालयले रोकेपछि प्रस्तावित उत्तराइटोल खरिद गर्न नसक्दा विमानस्थलको सपना उदयपुरबासीलाई ‘हात्ति आयो हात्ति आयो फुस्साु बनेको हो ।उत्तराईटोलमा बनेको सहमति कार्यान्वयन नभएपछि जिल्लाको पूर्वी गाविस सदरमुकाम गाईघाटदेखि पाँच किलोमिटरपूर्व जोगीदह वडा नं ६ र ९ स्थित कंङखोला सामुदायिक वन र मोतीयाही सामुदायिक वन क्षेत्रमा विमानस्थल निर्माणका लागि प्रस्ताव अघि सारिएको थियो । विमानस्थल निर्माणका लागि दुवै सामुदायिक वनले जग्गासमेत निःशुल्क उपलब्ध गराएका थिए ।तर दल र विमानस्थल समितिका पदाधिकारीको इच्छाशक्तिमा कमजोरी, राजनीतिक दल र नेताको पहुँच नपुग्नाले विमानस्थल निर्माण कार्य अलपत्र बनेको स्थानीयको आरोप छ । निर्वाचनताका प्रमुख राजनीतिक दलका मुख्य एजेन्डा नै विमानस्थल बनाउने भए पनि निर्वाचित जनप्रतिनिधिले त्यसलाई व्यवहारमा उतार्र्न नसक्नु, जनतासँग गरेको वाचा तोड्नु अधिकारकर्मी तथा कानुन व्यवसायी कृपाराम चौधरीको भनाइ छ ।पटकपटक शिलान्यास हुनु र काम स्थगित हुनुले पनि जनताको आशा मर्दै गएको उनको भनाइ छ । विमानस्थल उदयपुरका लागि आवश्यक भए पनि गर्नुपर्ने काम र प्रकृया धेरै भएकाले सम्भावना कम रहेको उनी बताउँछन् । विमानस्थलका लागि मन्त्री परिषद्को निर्णय आवश्यक पर्ने र पटकपटक हुने सरकार परिवर्तनले पनि काममा ढिलासुस्ति हुने गरेको एमाले उपाध्यक्ष विमल कार्कीको भनाइ छ ।स्थानीय विकास मन्त्रालयले जग्गा बिक्रीका लागि अस्वीकार गरेपछि उत्तराइटोलको खरिद गर्ने भनिएको ३२ बिघा जग्गा अलपत्र बनेको हो । त्यससँगै राजनीतिक सहमतिमा जोगीदहमा लैजाने भनेको थियो ।वर्षात्को समयमा कुहिरो नलाग्ने तथा हिउँदको समयमा हुस्सु पनि नलाग्ने, प्राकृतिक वातावरण अत्यन्त राम्रो भएकाले जोगीदह प्रस्ताव गरिएको थियो ।यसअघि पनि सोही ठाउँमा ट्विनेटर विमान अवतरण हुनेगरि साढे सातसय मिटर धावनमार्गको सर्भे गरिएको थियो । तर छोटो धावनमार्गको डिजाइन पहाडी क्षेत्रमा मात्र प्रयोग हुने भएकाले जोगीदहमा यसअघि गरिएको पुरानो सर्भे परिवर्तन गरी नयाँ सर्भे गरिएको विमानस्थल समितिका अध्यक्ष वीरेन्द्र बस्नेतको भनाइ छ ।
नयाँ डिजाइनअनुसार अहिले एक हजार सात सय ५० मिटर लम्बाइ, ३० मिटर चौडाइ रहेको धावनमार्ग, ७२ मिटर लम्बाइ १८ मिटर चौडाइ रहेको ट्याक्सी वे।ए। चार सय ४३ मिटर लम्बाइ र १८ मिटर चौडाइ रहेको टयक्सी वे।वि। रहने प्रस्ताव गरिएको छ । त्यसैगरी एप्रोन दुई सय मिटर लम्बाइ, ६० मिटर चौडाइ, टर्मिनल बिल्डिङसहित स्टिमेट तयार गरिएको विमानस्थलका परामर्शदाता प्याक्ट कन्सलट्यान्टका इन्जिनियर डा। महेन्द्रनाथ सुवेदीले बताए ।प्रतिवेदनमा समुद्री सतहको एक सय २५ देखि एक सय ४८ मिटरको उचाइमा रहने उक्त विमानस्थल सबै मौसममा सञ्चालन हुने अनुमान उनको छ । आन्तरिक विमानस्थल मात्र नभई क्षेत्रीय विमानस्थलका रूपमा विकास गर्ने गरी प्रस्ताव गरिएको इन्जिनियर अभिशेक बीसीले जानकारी दिए ।विमानस्थल निर्माणका लागि सरकारले गत वर्ष एक करोड विनियोजन गरेकोमा काम अघि नबढेपछि उक्त बजेट फ्रिज भएको अध्यक्ष बस्नेतले बताए । सरकारले केही समयअघि एक जिल्ला एक विमानस्थल, एक गाउँ एक हेलिप्याड निर्माण गर्ने प्रस्ताव अघि सारेको थियो ।गाईघाटमा निर्माण गर्न लागिएको विमानस्थल तत्कालीन शेरबहादुर देउवा नेतृत्वका नागरिक उड्डयनमन्त्री दीपकुमार उपाध्यायले शिलान्यास गरेका थिए । तर शिलान्यास गरेको केही महिनापछि मन्त्रालयकै प्राविधिकले विमानस्थलमा हावाको बहाव नमिल्ने, अवतरणमा समस्या हुने भन्दै अन्यत्र स्थान छनोट गर्न मन्त्रालयले आग्रह गरको थियो ।विमानस्थल निर्माणको काम अहिले जस्तै कछुवागतिमा अघि बढ्ने हो भने विमानस्थल बनाउन अझ ४० वर्ष लाग्ने स्थानीयको अनुमान छ ।मन्त्रालयको निर्देशनअनुसार उपयुक्त जग्गा छनोट भए पनि बजेट अभाव, समितिको निस्कृयता, राजनीतिक इच्छाशक्ति कमजोर हुँदा विमानस्थल बनाउने र आकाशमा उड्ने उदयपुरबासीको सपना अधूरो बनेको हो ।‘विमानस्थल नहँदा यहाँका सर्वसाधारण कहिले विराटनगर त कहिले जनकपुर पुगेर हवाईजहाजको यात्रा गर्नुपरिरहेको छु, अध्यक्ष बस्नेतले भने, ‘सबै राजनीतिक दलको सक्रिय सहभागिता र सहयोग भयो भने विमानस्थल निर्माण कार्यले गति लिन्छ ।यो विमानस्थल निर्माण भएपछि राजधानी काठमाडौंबाट पूर्वी नेपालको जनकपुर, विराटनगर, भद्रपुर तथा सोलुखुम्बुलगायतका पहाडी जिल्लामा विमानस्थल हवका रूपमा टच फ्लाइटसमेत हुनसक्ने प्राविधिकले राय दिएको विमानस्थल निर्माण समितिका अध्यक्ष बस्नेतले बताए ।