पूर्वको पर्यटकीय क्षेत्र धनकुटा हिलेस्थित त्रिशुलेमा २० करोड लगानीमा होटल होराइजन माउण्टेन रिसोर्ट सञ्चालनमा ।

पूर्वको पर्यटकीय क्षेत्र धनकुटा हिलेस्थित त्रिशुलेमा २० करोड लगानीमा होटल होराइजन माउण्टेन रिसोर्ट सञ्चालनमा आएको छ ।

पूर्वको पर्यटकीय क्षेत्र धनकुटा हिलेस्थित त्रिशुलेमा २० करोड लगानीमा होटल होराइजन माउण्टेन रिसोर्ट सञ्चालनमा आएको छ ।

व्यवसायी रेवतबहादुर थापाले संचालनमा ल्याएको सुविधा सम्पन्न रिसोर्टको पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार उद्घाटन गरे । करीब ४२ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा ३१ कोठा र ६ वटा कटेज छन् ।यहाँ एकैपटक २ सय ५० जनालाई सेवा दिन सकिने सेमिनार हल, मल्टिकुजिन रेष्टुरेन्टसमेत छ । रिसोर्टमै ज्याकुजी र सौनाको सुविधा पनि उपलब्ध छ । यहाँ करीब ५० जनाले प्रत्यक्ष रुपमा रोजगारी पाउने छन् ।

रिसोर्टमा विवाह, पार्टी, सभा, सेमिनार, सम्मेलन गर्न मिल्ने सुविधा छ । ग्राहकलाई आकर्षित गर्न रिसोर्टनजिकै पिकनिक स्पटको व्यवस्था गरिएको छ । सँगै आकर्षक चिया बगानसमेत छ । रिसोर्टले आफ्नै अर्गानिक तरकारी खेती, डेरी, खसी बोका र कुखुरा फर्मसमेत सञ्चालन गरेको छ ।त्यसैगरी होटेलले आफ्नै क्षेत्रमा होटललाई चाहिने वायो ग्याँस र वायु ऊर्जा उत्पादन गरेको छ । होटल व्यवसायमा चाहिने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले साउथ एशियन स्कुल अफ टुरिजम् एण्ड होटल म्यानेजमेन्टको सहकार्यमा विद्यार्थीहरुलाई ईन्टर्नको व्यवस्था गरेको छ ।

यहाँबाट मनोरम मकालु, सगरमाथा र कञ्चन्जंगा हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । रिसोर्टले पाहुनका लागि घोडचढी, साइक्लिङ् र दृश्यावलोकनको सेवा दिने बताएको छ । पाहुनाको अनुरोधमा काठमाडौं र विराटनगर विमानस्थलदेखि पिकअप र ड्रपको ब्यवस्था गरेको छ । विराटनगरदेखि करीब २ घन्टाको ड्राइभिङ दुरीमा रहेको यो रिसोर्टले आन्तरिक पर्यटकका साथै भारतीय र तेस्रो मुलुकका पाहुनाहरुलाई समेत सेवा दिने लक्ष्य लिएको संचालक थापाले बताए ।


Facebook Comment


No ads found for this position