इटलीमा हिमपहिरो, कम्तिमा ३० व्यक्ति वेपत्ता

माघ ६, २०७३  इटलीमा गएको हिमपहिरोको कारण एक होटल रिगीपियानोमा कम्तिमा ३० व्यक्ति वेपत्ता भएका छन् ।

उद्धारकर्मीहरुले यसको जानकारी दिँदै भूकम्पछि आएको हिमपहिरोबाट उनीहरु वेपत्ता भएको बताएका छन् ।पटक पटक आएको भूकम्पछि मध्य इटलीमा हिमपहिरो गएको थियो । अब्रुजोको केन्द्र भागमा रहेको रिगीपियानो होटललाई बुधबार बेलुका हिउँ पहिरोले पुरेको थियो । रातभर चलेको उद्धारकार्यबाट दुईजनालाई सकुशल झिकिएको छ । उद्धारकर्मीहरुले कयौं व्यक्ति हिमपहिरोमा पुरिएको बताएका छन् । हिम पहिरोले होटलको झ्यालढोकाबाट भित्र छिरेर भित्रीभागसम्म भरिएको छ ।

हिमपहिरोले उद्धारकार्यमा समेत कठिनाई भएको छ । सडक ठाउँ ठाउँमा अवरुद्ध भएको छ । कतिपय एम्बुलेन्स गन्तव्यमा पुग्न नसकेर बाटैमा रोकिएका छन् । उद्धारकर्मीहरु हेलिकोप्टरबाट समेत पुगेका छन् । स्थानीय सञ्चार माध्यमले विहीवार त्यो होटलमा ३० वटा शब भेटिएको जनाएका छन् । मृत्यु हुनेमा केही बच्चाहरु समेत छन् ।

गत वर्षमात्र भूकम्पले सताएको मध्य इटालीमा बुधबार तीन पटकसम्म गएको थियो । स्थानीय समयानुसार बुधबार बिहान १०स्२५ मा गएको भूकम्प ५।३ म्याग्निच्युडको भएको र ५० मिनेट पछाडि ५।७ म्याग्निच्युड र त्यसपछि तेस्रो भने ५।५ म्याग्निच्युडको थियो ।

भूकम्पको कम्पन आबु्रज्जो लजिओ, मर्चेलगायत रोममा पनि महसुस गरिएको थियो । पछिल्ला भूकम्पहरूले आकिइला सहरमा भने भवन क्षति भएका थिए । वुधवार गएको भूकम्पको केन्द्रविन्दु भने पहाडी सहर अमाट्रिसे नजिकै मापन गरिएको छ । यो क्षेत्र गत वर्षको अगस्त र अक्टोबरमा गएको भूकम्पबाट अति प्रभावित भएको थियो । गत वर्ष आमाट्रिसे नजिकै अत्यन्त प्रभावित भएको ६।० म्याग्निच्युडको भूकम्पका पनि करिब ३ सय व्यक्तिको मृत्यु भएको थियो ।

 


Facebook Comment


No ads found for this position