अष्ट्रेलियाको मेलवर्न सिटी सेन्टर नजिकै शुक्रबार कार दुर्घटना हुदातीन जनाको मृत्यु

२० जनवरी, मेलवर्न । अष्ट्रेलियाको मेलवर्न सिटी सेन्टर नजिकै शुक्रबार कार दुर्घटना हुदातीन जनाको मृत्यु भएको छ ।


२६ बर्षीय चालकको मरुन रंगको कार अनियन्त्रीत हुदा फुटपाथ तथा सपिङमल भित्र तीव्र गतिमा छिरेको थियो । घटनाको प्रकृती हेर्दा चालकले जानीजानी उत्त दुर्घटना गराएको देखीए पछि प्रहरीले कार चालकमाथी गोली प्रहार गर्दा चालको मृत्यु भएको छ ।
मेलवर्न एम्बुलेन्स सेवाका अनुसार दुर्घटनामा २० जना घाइते भएका छन् । पाँच जना गम्भीर घाइतेलाई प्रहरीको गाडीमा राखेर अस्पताल पुर्‍याइएको थियो ।तिव्र गतिमा रहेको कारले ब्रोक स्ट्रीटमा पैदलयात्रीहरुलाई ठक्कर दिएको प्रत्यक्षदर्शीले बताएका छन् । सपिङ मलबाट बाहिर निस्कदै गरेकाहरुलाई कारले ठक्कर दिएको थियो । थुप्रै मानिसहरु जीवन बचाउन भागाभाग गरिरहेको सीसीटिभी फुटेजमा देखिएको छ ।


Facebook Comment