कालिञ्चोकमा आन्तरिक पर्यटकको ओइरो
दोलखाको चर्चित पर्यटकीयस्थल कालिञ्चोकमा आन्तरिक पर्यटकको ओइरो लागेको छ ।
लामो समयपछि परेको हिउँ खेल्न र कालिञ्चोक भगवती माताको दर्शन गर्न दैनिक सयौँ पर्यटक कालिञ्चोक आउने गरेको पर्यटन व्यवसायीले जानकारी दिएका छन् । पर्यटकको आगमनमा वृद्धि भएसँगै लापिलाङको कुरीका होटेल भरिभराउ भएका छन् । चरीकोटका होटेलसमेत भरिएको होटेल सञ्चालकको भनाइ छ ।कालिञ्चोक भगवती माताको दर्शन गरे परिवारमा सुखशान्ति मिल्ने, सोचेको र आँटेको काम पूरा हुने विश्वासमा धार्मिक पर्यटक पनि बढी मात्रामा आउने गरेको स्थानीयको भनाइ छ । कालिञ्चोक जाँदा हिँउ खेल्न पनि पाउने र भगवानको दर्शन पनि गर्न पाइने भएकाले आफू त्यस ठाउँमा गएको काठमाडौं गोदावरीकी स्थानीय अरुणा पुरी बताउँछिन् । उनले पहिलोपटक हिँउ खेल्न पाउँदा साह्रै रमाइलो लागेको बताइन् ।यस्तै काठमाडौं निवासी बिपिन श्रेष्ठले पनि कालिञ्चोकमा आउँदा छुट्टै आनन्द आएको बताए । उनले रमाइलो लागेकाले पटकपटक आउने गरेको बताए । यो पटक भने हिउँसँग रमाउन पाउँदा भने साह्रैं मज्जा लागेको उनको भनाइ छ । उनी जस्तै काठमाडौं शंखमूलका शम्भु महर्जनले पनि कालिञ्चोकमा परेको हिउँसँग पूरै रमाइलो गरेको अुनभव सुनाए । राजधानीको धुलो र धुवाँबाट केही दिन मुक्त हुन सबैभन्दा उत्तम ठाउँ कालिञ्चोक रहेको उनको भनाइ छ ।चरीकोट स् दोलखाको चर्चित पर्यटकीयस्थल कालिञ्चोकमा आन्तरिक पर्यटकको ओइरो लागेको छ । लामो समयपछि परेको हिउँ खेल्न र कालिञ्चोक भगवती माताको दर्शन गर्न दैनिक सयौँ पर्यटक कालिञ्चोक आउने गरेको पर्यटन व्यवसायीले जानकारी दिएका छन् । पर्यटकको आगमनमा वृद्धि भएसँगै लापिलाङको कुरीका होटेल भरिभराउ भएका छन् । चरीकोटका होटेलसमेत भरिएको होटेल सञ्चालकको भनाइ छ ।
कालिञ्चोक भगवती माताको दर्शन गरे परिवारमा सुखशान्ति मिल्ने, सोचेको र आँटेको काम पूरा हुने विश्वासमा धार्मिक पर्यटक पनि बढी मात्रामा आउने गरेको स्थानीयको भनाइ छ । कालिञ्चोक जाँदा हिँउ खेल्न पनि पाउने र भगवानको दर्शन पनि गर्न पाइने भएकाले आफू त्यस ठाउँमा गएको काठमाडौं गोदावरीकी स्थानीय अरुणा पुरी बताउँछिन् । उनले पहिलोपटक हिँउ खेल्न पाउँदा साह्रै रमाइलो लागेको बताइन् ।यस्तै काठमाडौं निवासी बिपिन श्रेष्ठले पनि कालिञ्चोकमा आउँदा छुट्टै आनन्द आएको बताए । उनले रमाइलो लागेकाले पटकपटक आउने गरेको बताए ।
यो पटक भने हिउँसँग रमाउन पाउँदा भने साह्रैं मज्जा लागेको उनको भनाइ छ । उनी जस्तै काठमाडौं शंखमूलका शम्भु महर्जनले पनि कालिञ्चोकमा परेको हिउँसँग पूरै रमाइलो गरेको अुनभव सुनाए । राजधानीको धुलो र धुवाँबाट केही दिन मुक्त हुन सबैभन्दा उत्तम ठाउँ कालिञ्चोक रहेको उनको भनाइ छ ।पर्यटकलाई लक्षित गरी कालिञ्चोक कन्ट्री भिल्ला रिसोट र दोलखा कालिञ्चोक रिसोटले प्याकेजमा सेवासुविधा दिँदै आएका छन् । होटेलमा आउनेलाई प्रतिव्यक्ति १८ सयमा एक रात बस्ने, खाने र क्यामफाएरको समेत व्यवस्था रहेको दोलखा कालिञ्चोक रिसोटका सञ्चालक ग्याल्बो लामाले जानकारी दिए । उनले कालिञ्चोकमा हिउँ परेसँगै पर्यटकको संख्या ह्वात्तै वृद्धि भएको जानकारी दिए ।
राजधानीबाट चरीकोटसम्म एक सय ३२ किलोमिटर र चरिकोटबाट १७ किलोमिटरको दुरीमा रहेको कालिञ्चोकमा बस, साना गाडी र मोटरसाइकलबाट सहजैरूपमा पुग्न सकिने दोलखा कालिञ्चोक रिसोर्टका सञ्चालक नवीन खड्काले जानकारी दिए । उनले पर्यटकलाई लक्ष्ति गरी काठमाडौँबाटै कालिञ्चोकको होटेल बुकिङ गर्ने व्यवस्थासमेत मिलाएको छ । रुपा भ्यू ट्रेकिङ एन्ड ट्राभलका प्रबन्ध निर्देशक लक्ष्मण अधिकारीले एक साता अघिदेखि नै होटेल बुक गर्नेको संख्या बढेको बताए ।लापिलाङको कुरीमा मात्रा साना ठूला गरी ३८ वटा होटेल सञ्चालनमा छन् ।
पछिल्लो समय नेपालीमा पनि घुमघाममा जाने प्रवृति बढेको, यातायातको पहुँच पुगेकाले दोलखामा पर्यटकको संख्यामा वृद्धि भएको क्षेत्रीय होटेल सघं दोलखाका किशोर नेपालीको भनाइ छ । उनले भूकम्पले केही वर्ष अघिसम्म थला परेको दोलखाको होटेल व्यवसाय विस्तारै उक्सिँदै गएको जनाएका छन् । अंग्रेजी नयाँ वर्षसँगै दोलखामा सवारीसाधन बढी भित्रिन थालेको ट्राफिक प्रहरी कार्यालय दोलखाले जनाएको छ ।अन्नपूर्ण