अनुराधा कोइरालालाई ‘पदमा विभूषण’

 


चेलीबेटी वेचविखनविरुद्धको अभियन्ता अनुराधा कोइरालालाई भारत सरकारले ‘पदमा विभूषण’ प्रदान गर्ने भएको छ । राजनीति, खेलकुद, संगीत, समाजसेवालगायत विभिन्न क्षेत्रमा काम गरेर ख्याती कमाएका भारतीयसँगै कोइरलालाई यो विभूषणबाट सम्मान गर्ने निर्णय भारत सरकारले गरेको ‘द हिन्दू’ले जनाएको हो । पदमा विभूषणलाई भारत सरकारले आफ्ना नागरिकलाई प्रदान गर्ने ‘भारत रत्न’ पछिको दोस्रो ठूलो सम्मान मानिन्छ । विदेशी नागरिकलाई समेत दिइने यो विभूषण भुटानका स्वर्गीय राजाजिग्मे दोर्जी वांगचुकसहित १९ जना विदेशीले पाइसकेका छन् । यस वर्ष यो सम्मान पाउनेमा क्रिकेटर बिराट कोहली, राष्ट्रवादी कांग्रेस पार्टीका नेता सरद पावर र भारतीय जनता पार्टीका नेता मुरली मनोहर जोशीलगायत छन् ।।


Facebook Comment


No ads found for this position