अस्ट्रेलिया जाँदा पासपोर्ट बोक्न नपर्ने

अस्ट्रेलियाले हालै आफ्ना सबै अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्थाको समीक्षा गरेको खबर बाहिर आएको छ । यसका साथै सन् २०२० सम्ममा यस्तो प्रविधि तयार गर्ने घोषणा गरिएको छ, जसमा हवाई यात्राका लागि यात्रीहरुले पासपोर्ट नबोक्दा पनि हुनेछ । पासपोर्टको ठाउँमा यात्रीहरुको अनुहार नै काफी हुनेछ ।

यहाँको इमिग्रेसन डिपार्टमेन्ट यात्रीहरुको पहिचानका लागि सेल्फ प्रोसेसिङ सिस्टम विकासमा जुटेको एजेन्सीहरुले जनाएका छन् । आउने दिनमा सुरक्षा सम्बन्धी जाँचका लागि पासपोर्ट वा कुनै कागजको नभई फिंगरप्रिन्ट, आँखीभौं र अनुहारको साहारा लिइनेछ । प्रमुख हवाई अड्डा तथा बन्दरगाहहरुमा चाँडै यो व्यवस्था सुरु गरिने बताइएको छ ।

अस्ट्रेलियाका इमीग्रेसन मन्त्री पिटर डटनका अनुसार सरकरको मुख्य उद्देश्य हवाई अड्डाका कर्मचारीको काममा कागजको प्रयोग ९० प्रतिशतले कम गर्नु रहेको छ । उनले भनेका छन्–‘आउँदा दिनमा अस्टेलियामा यात्रुहरुले हवाई यात्रा गर्दा पासपोर्टजस्ता कागजी पहिचानको जरुरत पर्ने छैन । यसबाट हवाई अड्डामा हुने पट्यारलाग्दो चेकजाँच र ढिलासुुस्ती पनि कम हुने आशा गरेका छौ ।’

हाल अस्ट्रेलियाका हवाई अड्डाहरुमा स्मार्टगेटहरु रहेका छन्, जसले पासपोर्ट स्क्यान गर्छन र यात्रुको पहिचान गर्ने गर्छन् । यो व्यवस्था विगत १० वर्षअघिदेखि सुरु भएको हो । नयाँ सिस्टम आएपछि स्मार्टगेटको प्रचलन बन्द हुनेछ । डटनले भनेका छन् कि देशको सीमा सुरक्षा सिस्टममा समेत आमूल सुधार गरिनेछ र यसमा देशले ८ अर्ब खर्च गर्नेछ । यी दुुई कदमबाट देशलाई आतंकवादी हमलाबाट बचाउन सकिने र पासपोर्टको झञ्झट हटेपछि देशमा पर्यटकको आगमनमा समेत वृद्धि हुने अपेक्षा गरिएको डटनले बताएका छन् ।

अस्ट्रेलिया विश्वकै एक लोकप्रिय टुरिस्ट डेस्टीनेशन पनि हो र त्यहाँ प्रत्येक वर्षमा विश्वका लाखौ मानिस घुम्न र छुट्टी मनाउन जाने गर्छन् ।


Facebook Comment


No ads found for this position