एसएसपी सरुवाः को कहाँ पुगे ? (सूचीसहित)

१३ माघ, काठमाडौं । विभिन्न विवादका कारण लामो समयदेखि रोकिएको नेपाल प्रहरीका एसएसपीहरुको सरुवा भएको छ । वुधबार राति उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालबीच सरुवाका विषयमा सहमति भएपछि एसएपीहरुको सरुवा भएको हो ।

सरुवापछि धौलागीरी प्रहरी प्रमुख रहेका एसएसपी छवि जोशी काठमाडौं प्रहरी प्रमुख भएका छन् भने महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख रहेका सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षकको सचिवालयमा तानिएका छन् ।

प्रहरी अपराध महाशाखामा भने दिनेश अमात्य आएका छन् । लागू औषध नियन्त्रण ब्युरो काठमाडौंमा धिरु बस्न्त्यात आएका छन् ।

प्रहरी प्रशिक्षण प्रतिष्ठान चितवनमा रहेका एसएसपी रमेश खरेललार्इ प्रहरी हेडक्वार्टर युएन शाखामा सरूवा गरिएको छ ।

ललितपुर प्रहरी प्रमुखमा ठूले रार्इलार्इ ल्याइएको छ । रार्इ माओवादीका पालामा अपहरणामा परेर चर्चामा आएका प्रहरी अधिकारी हुन् ।

त्यसैगरी एसएसपी महेन्द्र पोखरेलको सिन्धुली तालिम केन्द्रमा, दीपक थापा लुम्विनी प्रहरी प्रमुखमा र उत्तम कार्की कोशी प्रहरी प्रमुखमा सरुवा भएका छन् । पिताम्वर अधिकारीको मेची प्रहरी प्रमुखमा सरुवा भएको छ ।

त्यसैगरी शेरबहादुर वस्नेत केन्द्रीय अनुसन्धान ब्युरो, मोहन जोशी सुदुरपश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र दिपायल र वलराम शर्मा सगरमाथा प्रहरी प्रमुखमा सरुवा भएका छन् ।

एसएसपी विष्णुहरी गौतम गण्डकी अंचल प्रमुख, कर्णालीमा सुरज केसी, महाकालीमा सुशील भण्डारी र वागमतीमा पुष्प रन्जितको सरुवा भएको छ ।

गृहमन्त्री र प्रहरी महानिरीक्षक अर्यालबीचको विवादका कारण एसएसपी सरुवा ढीला भएको हो ।साभार अनलाईनखबर

को कहाँ पुगे ? सूची हेर्नुहोस् ।

saruwo001saruwo002sarowp003saruwo004

 

 


Facebook Comment


No ads found for this position