अमेरिकाद्वरा देश निकालाको काम शुरु, शरणार्थी भिषा स्थगित, मेक्सिकोको सिमामा पर्खाल

अमेरिकी राष्ट्रपतिको सपथ लिएदेखि डोनाल्ड ट्रम्पले विश्वलाई नै प्रभाव पार्ने खालका निर्णय गर्न थालेका छन् ।

निर्वाचन प्रचार प्रसारको बेलादेखि नै चर्चामा रहेका राष्ट्रपति ट्रम्पले सपथ लिएको एक साता वित्न नपाउँदै विभिन्न खालका निर्णयहरुमा हस्ताक्षर गरेर विश्वको ध्यानाकर्षण गराएका छन् । निर्वाचनको प्रचार अभियानका क्रममा उनले घोषणा गरेको मेक्सिकोको सिमाना पर्खाल लगाउने महत्वपूर्ण निर्णयमा हस्ताक्षर गर्दै आफ्नो घोषणा कार्यान्वयन तर्फ लगेका छन् ।

ट्रम्पले मेक्सिकोको सिमाक्षेत्रमा पर्खाल लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गर्दै आफूले सिमा सुरक्षाका लागि यो कदम उठाएको बताएका छन् । सिमाक्षेत्रमा पर्खाल लगाउने काम केहीमहिनामा नै सुरु हुने बताइएको छ । तर यो बृहत परियोजना भने तत्कालै लागु हुने ट्रम्पले बताएका छन् ।

ट्रम्पले बुधबार हस्ताक्षर गरेको कार्यकारी आदेशमा अमेरिका र मेक्सिकेको सिमाक्षेत्रमा झण्डै ३२ सय किलोमिटर लामो पर्खाल निर्माण हुनेछ ।महिलो विरोधीको रुपमा चिनिदै आएका राष्ट्रपति ट्रम्पले महिलालाई झन प्रभावति हुने खालका निर्णय समेत गरेका छन् । उनले निवर्तमान राष्ट्रपति बाराक ओबामा प्रशासनले सञ्चालनमा ल्याएको ओबामाकेयर योजना अनावश्यक भएको भन्दै तत्काल रोक लगाउन आदेश दिएका छन् ।

राष्ट्रपति ट्रम्पले सुरक्षित गर्भपतन गराउने र त्यससम्बन्धि सूचना दिने गैरसरकारी संस्थाहरुलाई दिँदै आएको सहयोग माथि प्रतिबन्ध लगाए । ट्रम्पको उक्त निर्णयप्रति अमेरिका लगायत विश्वभरका करोडौ महिला विरोधमा उत्रिएका छन् ।ट्रम्पले अर्को विदेशीलाई गैरकानुनी रूपमा प्रवेश रोक्न र कागजात नभई बसोबास गर्नेलाई अझ कडाई गरी फिर्ता पठाउने ९डिर्पोटेशन० गर्ने कार्यकारी निर्देशनमा हस्ताक्षर गरेका छन् । ट्रम्पको यस्तो कार्यकारी निर्देशनले अब अमेरिकामा गैरकानुनी रूपमा बसोबास गर्दै आएका लाखौ आप्रवासी प्रभावित हुने छन् ।

अमेरिकामा करिब १ करोड १० लाख कागजात विहिन बसोबास गर्दै आएको तथ्याङ्क छ । यसमा केही हजार नेपाली पनि रहेका छन् । नेपालीहरुको एकिन तथ्यांक नभएपनि करिब हजारौ नेपाली रहेको बताईएको छ ।सिरियाका शरणार्थीलाई प्रवेश नदिने समेत राष्ट्रपति ट्रम्पको कार्यकारी निर्देशनमा उल्लेख छ । विश्वका अन्य देशबाट शरणार्थी ल्याउने कार्यक्रमलाई पनि हाललाई रोकेका छन् ।


Facebook Comment


No ads found for this position