नेपाल वायु सेवा निगम एनएसी को नयाँ चिनियाँ विमान काठमाडौंमा

नेपाल वायु सेवा निगम एनएसी को नयाँ चिनियाँ विमान काठमाडौं आइपुगेको छ । चीनबाट ल्याउन लागिएका चार साना विमानमध्ये बिहीबार बेलुकी एमए ६० विमान काठमाडौंमा अवतरण भएको हो ।

 

विमान बंगलादशेको ढाका हुँदै काठमाडौं आएको नेपाल एयरलाइन्सका महाप्रवन्धक सुगतरत्न कंशाकारले जानकारी दिए ।
एक दुई दिनपछि तत्कालै अर्को विमान आउने मिति पनि तय हुनेछ । अब अर्को चरणमा वाइ १२ इ विमान ल्याइने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

आज आएको विमान चीन सरकारको सहुलियत ऋणमा ल्याइएको हो । अब चीनबाट एउटा एमए ६० र दुर्इवटा वाइ १२ इ जहाज आउनेछन् । बेलुकी काठमाडौं आइपुगेको एमए ६० विमानलार्इ उत्साहपूर्वक स्वागत गरिएको छ ।

यसअघि ल्याइएका चिनियाँ विमानमा धेरै समस्या देखिएपछि थप विमान ल्याउनेरनल्याउने भन्ने अन्यौल थियो । तर, विमान मर्मैतका लागि नेपालमै पार्टपूर्जा उपलब्ध गराउने सम्झौता पनि विमान ल्याइएको हो ।५६ सिट क्षमताभएको एमए ६० विमानले विभिन्न मुख्य आन्तिरिक गन्तब्यहरुमा उडान भर्नेछ । यो विमान आएपछि नेपाल एयरलाइन्सको वित्तीय अवस्थमा पनि सुधार आउने अपेक्षा गरिएको छ ।

चीन सरकारले यसअघि अनुदान नेपालाई २ वटा विमान दिएको थियो । तर, ती विमानमा पटक पटक समस्या देखिएपछि कतिपयले त्यसलाई ‘सेतो हात्ति’ को संज्ञा दिने गरेका छन् ।तर, निगमले भने यसपटकबाट चिनियाँ विमानको सञ्चालनलाई सस्तो र उपभोक्तामुखी बनाउने बताएको छ


Facebook Comment


No ads found for this position