काठमाडौंको भृकुटीमण्डपमा सूचना प्रविधिसम्बन्धी बृहत्त मेला ‘क्यान इन्फोटेक’ सुरु

काठमाडौंको भृकुटीमण्डपमा सूचना प्रविधिसम्बन्धी बृहत्त मेला ‘क्यान इन्फोटेक’ सुरु भएको छ । सूचना प्रविधि क्षेत्रका नविनतम वस्तु र सेवाको जानकारी दिने उद्देश्यले आयोजित मेलामा स्वदेशी र विदेशी गरि २ सयभन्दा बढी कम्पनी सहभागि छन् । मेलाको सुरुवात गर्दै उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले विद्युतीय नेपाल निर्माणमा मेलाले सहयोगी भूमिका खेल्ने विश्वास व्यक्त गरे ।


६ दिनसम्म चल्ने मेलामा विभिन्न कम्पनीले आफ्ना नयाँ उत्पादन, सेवा र उपभोक्ता योजना सार्वजनिक गरेका छन् । कम्प्युटर एसोसिएनस अफ नेपाल (क्यान) महासंघले हरेक वर्ष आयोजना गर्ने मेलाको यो २३ औ संस्करण हो । विश्वस्तरिय ब्रान्डका नेपाली अधिकृत विक्रेतादेखि स्वदेशमै सफ्टवेयर, मोबाइल एप्लिकेसन, वेब एप्लिकेसन, सूचना प्रविधि प्रणालीलगायतका सेवा विकास गर्नेले मेलामा स्टल राखेका छन् । मेलामा सूचना प्रविधि सामग्रीको प्रदर्शन, सूचनामूलक र विक्री गर्ने छुट्टा–छुट्टै कक्ष छन् ।
चार लाखभन्दा बढीले अवलोकन गर्ने लक्ष्य राखिएको मेलाको प्रवेश शुल्क सर्वसाधारणलाई १ सय र विद्यार्थीलाई ५० रुपैयाँ तोकिएको छ । मेलाकै अवसरमा आउँदो आइतबार र सोमबार सोल्टी होटलमा सूचना प्रविधि सम्मेलन हुने छ ।।


Facebook Comment


No ads found for this position