नेपाल, भारत र भुटानमा ६ पटक देखिएको थियो यूएफओ :अमेरिकी एजेन्सी

अमेरिकाको गप्तचर एजेन्सी सीआइएको सन् १९६८ अप्रिलको एक रिपोर्टको ९ लाख ३० हजार दस्ताबेजलाई केहि दिन अघि अनलाइनमा सार्वजनिक गरिएको छ जसमा नेपाल, भारत र भुटानमा त्यतिबेला ६ पटक उडनतस्तर  यूएफओ देखिएको दाबी गरिएको छ ।

– अमेरिकी सेक्युरिटी इस्ट्याब्लिसमेन्टले उडनतस्तरको विषयलाई पछिल्लो वर्षदेखि खारेज गर्दै आएको छ ।

– त्यसको ठिक विपरित सिआइए र अमेरिकी एयरफोर्सले सन् १९५० र १९६० को दशकमा उडनतस्तरको बारेमा केही गम्भीर रिपोर्ट दिएको थियो ।

– त्यसपछि यो रहस्यलाई पत्ता लगाउनका लागि सिआइएको साइन्टिफिक इन्टेलिजेन्स  वैज्ञानिक गुप्तचर  को कार्यालयले साइन्टिफिक एडभाइजरी प्यानल बनाएको थियो ।

– हिन्दुस्तान टाइम्सका अनुसार सिआइए ९सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी  को रिपोर्टमा सन् १९६८ मा उत्तर पूर्वी नेपाल, भारतको दक्षिण लद्दाख, उत्तर सिक्किम र पश्चिमी भुटानको आकाशमा ६ पटक चम्किलो वस्तु देखिएको थियो ।

– रिपोर्टका अनुसार तीमध्ये केही वस्तु यति धेरै चम्किलो थिए कि पूरा इलाका उज्यालो भएको थियो ।नेपालमा कहाँ देखिएको थियो रु

– सन् १९६८ को मार्च २५ तारिखमा पोखराको आकाशमाथि चम्किलो वस्तु देखिएको थियो । यो कहिले बल्ने त कहिले निभ्ने भइरहको अवस्थामा देखिएको थियो ।

– रिपोर्ट भनिएको छ, ‘फलामले बनेको एक ठूलो उडनतश्तर पोखराभन्दा ६ किलोमिटर टाढा उत्तर पूर्वी इलाका बाटुलेचौरमा देखिएको थियो । यसको आधार  बेस  ६ फिट थियो भने उचाई ४ फिट थियो ।’

सिक्कम–नेपालमा आँधीजस्तो आवाज सुनिएको थियोः

– सन् १९६८ को फेब्रेअरी १९ तारिखमा उत्तर–पूर्वी नेपाल र उत्तर सिक्कममा राती ९ बजे निकै तेज गतीमा उडिरहेको एउटा चम्किलो वस्तु देखिएको थियो ।

– यो सिक्कमको लाचुंग, लाचेन, थांगु, मुगुथांग र छोलामुमा देखिएको थियो ।

– यो यति चम्किलो थियो कि रातीको समयमा पनि उज्यालो भएको थियो । छोलामूमा जब यो देखिएको थियो तब ‘बादल गर्जिएको’ जस्तो आवाज सुनिएको थियो ।

लद्दाखमा दुई पटक देखिएको थियोः

रिपोर्टमा बताइएको छ, ‘सन् १९६८ मार्च ४ तारिख दिउँसो १ बजे लद्दाखको चांग्ला, फुक्चे र कोयलुमा एउटा चम्किलो वस्तु देखिएको थियो । यो पूर्वदेखि पश्चिमतर्फ गइरहेको थियो । ’

– ‘एउटा सेतो उज्यालोसहित दुई बिस्फोटको आवाज सुनिएको थियो । सेता धुँवासँगै रातो प्रकाश देखिएको थियो ।’

– रिपोर्ट अनुसार लद्दाखमा नै सन् १९६८ को मार्च २५ तारिखमा दोस्रो पटक उडनतस्तर देखियो ।

– मार्च २५ तारिखमा जुन वस्तु देखिएको थियो त्यो देमचोकतर्फ गइरहेको थियो । यसमा रकेटजस्तै सेतो–पहेंलो उज्यालो देखिएको थियो ।

–यो वस्तु २० हजारदेखि २५ हजारको उचाईमा रहेको थियो ।

भूटानमा आवाज बिनाको उडनतस्तर देखियोः

– साथै सन् १९६८ को फेब्रुअरी २१ तारिख राती ९ः३० मा भूटानको राजधानी थिम्पुमा निलो रङको प्रकाश भएको वस्तु देखियो ।

– यो कुनै आवाज बिना निकै तेजमा उडिरहेको थियो । यसमा प्रकाश यति धेरै थियो कि पूरा इलाका उज्यालो भएको थियो ।

यद्यपी, यी चम्किलो वस्तुको बारेमा सिआइए कुन नतिजामा पुग्यो भन्ने विषयमा केही बताइएको छैन । साथै सिक्कमको छोलामूमा उडनतस्तर देखिनेबित्तिकै आएको ‘बादल गर्जिए’ जस्तो आवाज के थियो भन्ने विषयमा पनि केही बताइएको छैन ।


Facebook Comment


No ads found for this position