सगरमाथा आधारशिविर जाँदा लेक लागेर चिनियाँ नागरिकको मृत्यु
माघ १६, २०७३, सगरमाथा आधारशिविर जाने क्रममा सोलुखुम्बुको खुम्जुङमा लेक लागेर लागेर एक चिनियाँ नागरिकको मृत्यु भएको छ ।
लेक लागेर बिरामी परेका ५१ वर्षीय चिनियाँ नागरिक जाइन वेनको लुक्लास्थित पासाङ ल्हामु अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको पूर्वक्षेत्रीय प्रहरी कार्यालयले जनाएको छ ।