क्यान इन्फोटेकमा मोबाइल किन्दा ५० प्रतिशतसम्म छुट, कुन मोबाइलमा कति छुट ?

सुधिर भण्डारी

क्यान इन्फोटेक मेलामा विभिन्न मोबाइल कम्पनीहरु भारी छुटका साथै विभिन्न उपहार दिएर प्रतिस्पर्धात्मक व्यापारमा उत्रिएका छन्। इन्फोटेकमा मोबाइल अनुसार विभिन्न कम्पनीले ३ देखि ५० प्रतिशतसम्म छुट दिनुका साथै सेल्फी स्टिक, मोबाइल कभर, क्यास ब्याकलगायत अफर पनि दिइरहेका छन्।  कतिपयले स्टल भिजिट मात्रै गर्न आउनेलाई पनि विभिन्न गेमहरु खेलाएर उपहार दिने गरेका छन्।

विभिन्न ब्राण्डले यसरी दिने उपहारको प्रमुख रणनीति भनेको प्रवद्र्धन तथा व्यवसाय बढाउनु नै हो। मोबाइल फोन बेच्नका लागि भन्दा पनि आफ्नो उत्पादन सर्वसाधारणलाई चिनाउने उद्देश्यले छुट दिइएको ओप्पो मोबाइलका प्रमोसन म्यानेजर राकेश केसीले जानकारी दिए। ‘क्यान इन्फोटेकको उद्देश्य नै सर्वसाधरणलाई सबै प्रविधिको पर्याप्त सूचना र जानकारी दिनु हो’ उनले भने ‘कसैले मोबाइल किने पनि नकिने पनि इच्छुक व्यक्तीहरुलाई जानकारी दिनु हाम्रो कर्तब्य हो’।
 कुन मोबाइलमा कति छुट ?
हुवाबे मोबाइलले आफ्नो उत्पादनमा २६ देखि ४६ प्रतिशतसम्म छुट दिइरहेको छ। क्यान विशेष यो अफरमा सर्वसाधरण निकै खुसी भएको स्टलका कर्मचारीले बताए।
 त्यस्तै ओप्पो मोबाइलले ‘क्यान इन्फोटेक विशेष’ भनेर ७ प्रतिशत छुटको व्यवस्था गरेको छ। ओप्पोले मोबाइल खरिद गर्ने प्रत्येकलाई सेल्फी स्टिक उपहारस्वरुप दिने गरेको छ।
 त्यस्तै मोबाइल खरिद गर्नेलाई स्पिन एण्ड विन खेल खेलाउँछ र विभिन्न उपहार प्रदान गर्ने गरेको प्रमोसन म्यानेजर केसीले जानकारी दिए। उनले भने ‘सेल्फी स्टिक र ७ प्रतिशत छुट दिँदा ग्राहकले ठूलै रकम जोगाउन सक्छन्।’
 त्यसैगरी मेइजु ब्राण्डले आफ्नो मोबाइलमा १० प्रतिशत छुटका साथै भिआर बक्स उपहार दिइरहेको छ। यो मोबाइल नेपाली बजारमा नयाँ भए पनि राम्रो प्रतिकृया पाइरहेको र दिनमा १५ देखि २० पिससम्म बिकेको मेइजु मोबाइल ब्राण्ड प्रमोटर रमेश आचार्यले जानकारी दिए।
 त्यस्तै माइक्रोम्याक्स मोबाइलले आफ्नो उत्पादनमा १० देखि १५ प्रतिशतसम्म छुट दिइरहेको जनाएको छ। इन्फोकस मोबाइलले ५ देखि १५ प्रतिशतसम्म छुट दिइरहेको छ। साथै कम्पनीले पावर बैंक, सेल्फी स्टिकसम्मका उपहारहरु पनि राखेको छ।
 ‘फोनको मूल्यअनुसार पावर बैंक तथा सेल्फी स्टिकसम्म हात खाली नजाने उपहार ग्राहकले पाउन सक्छन्’ इन्फोकस मोबाइलका सेल्स हेड अशोक गौतमले भने।
 लेनेभो मोबाइलले क्यानको लागि विशेष ५ देखि ५० प्रतिशतसम्म छुट दिइरहेको छ। छुटको साथै लेनेमोले अफ्ना ग्राहकहरुलाई बिभिन्न उपहार पनि दिने गरेको प्रमोटर सरोज श्रेष्ठले बताए।
 किभी मोबाइलले क्यान विशेषका लागि २५ प्रतिशत छुट दिइरहेको छ। कम्पनीले ८ हजार भन्दा बढीको मोबाइल किन्ने प्रत्येकलाई २५ सयको साधारण मोबाइल उपहार दिने गरेको छ।
 त्यसैगरी स्पाइस मोबाइल कम्पनीले क्यान विशेषका लागि २० देखि ५० प्रतिशतसम्म छुट दिइरहेको जनाएको छ। मूल्यअनुसार फरक फरक छुट दिइएको स्टलका कर्मचारी आशिष नेपालीले बताए।
 जोपो मोबाइलले आफ्ना ग्रहकहरुलाई ८ देखि १० प्रतिशतसम्म छुट दिइरहेको छ। यो बाहेक कम्पनीले मोबाइल खरिद गर्नेलाई उपहार योजनाहरु समेत राखेको छ। जोपोका सेल्स मार्केटिङ एक्ज्युकेटिभ उज्वल सिंहले जानकारी लिन आउने कतिपय भिजिटरलाई समेत उपहार दिने गरेको बताए।
 एमआई मोबाइलले क्यान बिशेषमा १० प्रतिशत छुट दिइरहेको छ। एमआईका प्रमोटर बिपुलेस पौडेलले स्टलमा भिजिट गर्न आउनेले विभिन्न गेम खेलेर टिसर्ट तथा अन्य उपहार समेत जित्न सक्ने बताए।
 सामसुङ मोबाइलले क्यान विशेषमा ३ देखि ४ प्रतिशत सम्म छुट दिइरहेको छ। यो बाहेक सामसुङले क्यास ब्याक अफर समेत राखेको सुपर भाइजर अनिल पौडेलले जानकारी दिए। ग्राहकले किन्ने मोबाइलको मूल्यअनुसार क्यास ब्याक दिने गरेको पौडेलले बताए।
सामसुङले स्टल भिजिट गर्न आउनेलाई ‘क्विज कन्टेस्ट’मा पनि सहभागी गराई उत्तर मिलाउनेलाई झोला उपहार दिने गरेको छ।
 त्यस्तै वान प्लसले मोबाइल खरिद गर्ने प्रत्येकलाई बजारमा २७ सय पर्ने ब्याम्बो केस (मोबाइल कभर) उपहार दिइरहेको स्टलका कर्मचारी आश्मा ताम्राकारले जानकारी दिइन्।
 यो वर्षको प्रदर्शनीमा मोबाइल एसेसोरिज, इन्टरनेट सेवा, कम्प्युटर हार्डवेयर तथा मेन्टिनेन्स सामान, पेमेन्ट सोलुसन्स, डिलर र डिस्ट्रिब्युटर्स सर्भिस, सफ्टवेयर सोलुसन्स, टेलिकम्युनिकेसन्स सर्भिसका स्टलहरु बढी छन्।
 मेलाको करिव ४ लाखले अवलोकन गर्ने आकलन गरिएको क्यान अध्यक्ष बिनोद ढकालले बताए। १८ गतेसम्म चल्ने मेलामा विभिन्न २ सय २२ स्टल रहेका छन्। केही कम्पनीहरुले अन्तिम दिन मंगलबारका लागि छुट झन् र उपहारको योजना झनै बढाउने तयारी समेत गरेका छन्। साभार सेतेापाटी


Facebook Comment


No ads found for this position