भूकम्पका विषयमा चीनलाई ऐतिहासिक उपलब्धि,नेपाललाई समेत फाईदा

भूकम्पका विषयमा चीनलाई ऐतिहासिक उपलब्धि हात पर्न लागेको छ ।

अहिलेसम्म वैज्ञानिकहरुले भूकम्प कहाँ र कहिले जान्छ भन्नेबारे विश्वसनीय आधार पत्ता लगाउन नसकिरहेको अवस्थामा चीनका वैज्ञानिकहरुलाई ठूलो सफलता मिल्न लागेको हो । चीनले भूकम्प जानुअघि सूचना हासिल गर्ने दिशामा ऐतिहासिक सफलता हात पार्दैछ । उसले यसै वर्ष अन्तरिक्षमा एउटा भूउपग्रह प्रक्षेपण गर्दैछ, जसले चीन र आसपासका क्षेत्रमा भूकम्प जानुअघि नै त्यसका संकेतहरु प्रवाह गर्दछ । भूउपग्रहबाट आउने सूचनाबाट सम्भावित क्षेत्रमा सतर्कता अपनाउन सकिने चीनको विश्वास छ ।

उक्त भूउपग्रहले इलेक्ट्रोम्याग्नेटिक डाटा संकलन गर्ने जनाइएको छ । चिनियाँ अधिकारीहरुका अनुसार यसै वर्षको मे महिनासम्म यो उपग्रह प्रक्षेपण गरिने छ । यसले चीन र आसपासका क्षेत्रमा भूकम्प जाने समयको अनुगमन गर्न मद्दत पुग्ने जनाइएको छ । छिमेकी मुलुक भएका कारण चीनको यो प्रविधिबाट नेपालले पनि फाइदा लिन सक्ने देखिएको हो ।

भूगर्भसम्बन्धमा जानकारी लिने प्रयोजनका लागि पहिलोपटक चीनले अन्तरिक्षमा भूउपग्रह पठाउने भएको हो । यो अभियानका उपप्रमुख शेन शुईका अनुसार यो भूउपग्रहले आगामी पाँच वर्षसम्म आफ्नो कक्षमा रहेर भूकम्पसम्बन्धी इलेक्ट्रो म्याग्नेटिक अवस्थाको रेकर्ड गर्नेछ ।

यसले ६ म्याग्निच्यूड वा सो भन्दा बढी तीव्रताका भूकम्पबारे पूर्वजानकारी दिनेछ । यसको प्रक्षेपणलगत्तै वैज्ञानिकहरुले भूकम्पको पूर्वानुमान प्रवाह गर्ने प्रविधिको विकासमा जुट्ने जनाइएको छ ।


Facebook Comment


No ads found for this position