पोखरामा प्याराग्लाइडिङ दुर्घटना

पोखरामा  प्याराग्लाइडिङ दुर्घटनामा पनि एक सोलो पाइलट घाइते भएका छन् । प्याराग्लाइडिङमा परि फिनल्याण्डका नागरिक ४५ बर्षीय टिमो तापियो रिसानेन घाइते भएका हुन् ।

सराङकोटबाट उडेर फेवाताल किनाराको खहेरमा अवतरण गर्ने क्रममा उनी दुर्घटनामा परेका हुन् । उनको टाउको र खुट्टामा चोक लागेको प्रहरीले जानकारी दिएको छ । उनलाई तत्काल उद्धार गरी उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौं लगिएको प्रहरीले भनाई छ ।अवतरणको क्रममा सन्तुलन गुमाए पछि दुर्घटनामा परेको स्थानीयले बताएका छन् । केही दिन पहिले प्याराग्लाइडिङ उडाउने क्रममा एक विदेशी नागरीको मृत्यु भएको थियो ।


Facebook Comment


No ads found for this position