प्रेममा फस्ने डरले छोरीलाई स्कुल जान रोक

२१ माघ, काठमाडौं ।  कक्षा नौ पढ्ने एक किशोरी छिमेकी गाउँका युवकसँग लभ (प्रेम) गरेर भागेपछि गाउँका अभिभावकले छोरीलाई एक सातसम्म विद्यालय पठाएनन् । यो घटना वीरगन्ज उपमहानगरपालिका २० अलौंमा रहेको द्वार देवी माध्यमिक विद्यालयको हो ।

यस्तो घटना सार्वजनिक भएपछि अभिभावकलाई छोरी विद्यालय पठाउनकै लागि गाउँका अगुवा र सामाजिक परिचालकले सम्झाउनु परेको थियो । ‘स्कुल पढ्दै गरेका किशोरीले अभिभावकको मञ्जुरी बिना प्रेम विवाह गरेर गाउँ छाड्न थालेपछि अभिभावक छोरीलाई विद्यालय पठाउन मान्दैनन्’, पर्सा डकैला बहुअरीकी किशोरी उमिता यादवले भनिन् ,‘जति सम्झाए पनि अभिभावक छोरीलाई स्कुल पठाउन मान्दैनन् ।’ सुशीला र उमिता दुवै गैरसरकारी संस्था अस्मान नेपालले सञ्चालन गरेको बहिनी शिक्षाका लागि दिदी नामक कार्यक्रममा कार्यरत छन्।

उमेर पुगेर पनि विद्यालयको पहुँच बाहिर रहेका र पढ्दा-पढ्दै विविध कारणले बीचमै विद्यालय छाडेका किशोरीलाई लक्षित गरेर अस्मान नेपालले पर्साको वीरगन्ज उपमहानगरपालिका, पोखरीया नगरपालिका र विभिन्न आठ गाविसमा बहिनी शिक्षाका लागि दिदी कार्यक्रम सञ्चालन गर्दै आएको छ। अस्मान नेपालले बिहिबार वीरगन्जका पत्रकारसँग गरेको अन्तरक्रियामा सहभागी किशोरीले आफनो अनुभव सुनाउने क्रममा अभिभावकको मञ्जुरी बिना प्रेम विवाह गर्ने प्रवृति बढेपछि छोरीलाई विद्यालय नपठाई घरमा राख्ने गरेको बताएका हुन् ।


Facebook Comment


No ads found for this position