बर्दिया होमस्टे संचालनमा

बर्दिया राष्ट्रिय निकुञ्ज, जुलो जिकल सोसाईटी अफ लन्डन पाताभार उपभोक्ता समिति , राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दिया र लिभिङ्ग टाईगरको सहयोगमा जैविक विविधताले भरिपुर्ण पाताभारको जनकनगरमा सिमसार दिवसको अवसरमा होमस्टे संचालन भएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जको सामिप्यमा रहेको यस जनकनगर होमस्टेमा आन्तरिक तथा वाह्य पर्यटकलाई लक्षित गरि होमस्टे संचालन गरिएको तिलक राम थारुले बताए । यहाँ आउने पर्यटकका लागि बन्यजन्तु अवलोकनको लागि यस जनकनगर होमस्टे अत्यन्त सम्भाब्यता भएको स्थान रहेको जनकनगर होमस्टेका अध्यक्ष तिलकराम थारुको दावि रहेको छ । कुल २ सय ९५ घर धुरी भएको चुरे पहाडको सिरानमा रहेको जनकनगर होमस्टे वातावरणीय दृष्टिकोणले पनि अत्यन्त रमणिय स्थान मानिन्छ । संरक्षण क्षेत्रमा थप टेवा पु¥याउने उद्देश्यका साथ पहिलो चरणमा १० वटा घरमा होमस्टे संचालन गर्न लागिएको आयोजकले बताएको छ । यस स्थानमा आउने सम्पूर्ण पर्यटकका लागि जंगली जनावरको अवलोकनका साथसाथै कर्णाली नदिमा ¥याफटिङ्ग समेतको सुविधा गराईने होमस्टे संचालक बताउछन । ५१ प्रतिशत थारु वाहुल्यता रहेको रहेको यस बर्दिया जिल्लामा थारु परिकार, थारु संस्कृती र पारिवारीक वातावरणमा यस होमस्टेमा आउने पर्यटकका लागि सुविधा हुने हामस्टे कोषाध्यक्ष शान्ती चौधरी बताउछिन् । स्थानीय संस्कृती , पर्यापर्यटन प्रबद्र्धन गर्ने हेतुले नै होमस्टे संचालन गरिएको बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त संरक्षण अधिकृत रमेश कुमार  थापाले बताए ।


Facebook Comment


No ads found for this position