लाङटाङमा पर्यटक बसोबास सहज बन्दै

रसुवा। भूकम्पपछिको पुनर्निर्माण कार्यले हिमाली काखमा रहेको लाङटाङ र क्याङजेन लगायतका क्षेत्रमा आन्तरिक एवम् बाह्य पर्यटकलाई खान, बस्न सहज भएको छ ।

लाङटाङ पुनर्निर्माण एवम् व्यवस्थापन समितिका अध्यक्ष तेम्वा लामाका अनुसार स्याफ्रुबेसीदेखि पम्पु, लामा होटल, घोडा तबेला, थाङसाप लाङटाङ, मुन्डू र क्याङजेन समेतका क्षेत्रको पर्यटकीय पदमार्गमा पुनर्निर्माणअन्तर्गत नयाँ मोडलका भूकम्प प्रतिरोधी आवास निर्माणले पर्यटकलाई खान, बस्न सहजता आइसकेको छ । विसं २०७२ को भूकम्पले लाङटाङ भित्रको लाङटाङ तहसनहस बनाएपछि तत्कालीन समयमा मानवविहीन हुन पुगेको लाङटाङ क्षेत्र अहिले सबै गाउँवासी आफ्नो थातथलोमा स्थापित भई दाताको सहयोगमा आवास पुनर्निर्माण भएपछि गुणस्तरीय बास र भोजनको व्यवस्था भई पर्यटकको आगमन सुरु भइसकेको छ । लाङटाङमा दुईसय र क्याङजेनमा तीनसय ५० जना पर्यटकले सहजरुपमा एकसाथ बास बस्ने वातावरणको सृजना भइसकेको छ । । समुद्री सतहबाट चार हजार मिटरको उचाइमा रहेको पर्यटक बास बस्ने मानवको अन्तिम बस्ती क्याङजेन रहेको र बस्तीको आवास निर्माणपछि सो क्षेत्रमा पर्यटकको थप सुविधाका लागि एकसय किलोवाट क्षमताको विद्युत् उत्पादनको प्रक्रिया सुरु भई सिम्रिक एअरको हेलिकप्टरबाट सामान समेत ढुवानी भइसकेको छ ।


Facebook Comment


No ads found for this position