‘टाइगर टुरिजम’ क्षेत्र बन्दै बाँके निकुञ्ज

 

मुलुककै कान्छो बाँके राष्ट्रिय निकुञ्जमा तीन वर्षमा बाघको संख्यामा दोब्बरले वृद्धि भएको छ।

सन २०१३ मा गणना गर्दा ४ वटा बाघ भेटिएकोमा २०१६ मा गरिएको गणनामा ९ वटा बयस्क बाघ भेटिएका छन्। पछिल्ला दिनहरुमा बाँके निकुञ्जमा बाघको चहल पहल बढ्दै गएको छ। बाघ हेर्नकै लागि यो निकुञ्जले पर्यटक तान्न थालेको छ।
बाँके राष्ट्रिय निकुन्जको भ्रमण गर्न पर्यटकहरुको सुबिधाका लागि गाभर भ्यालीमा होम स्टे संचालनमा छ। पछिल्ला दिनहरुमा बाघ अवलोकनका लागि निकुञ्जमा आउने पर्यटकहरुको संख्या पनि बढ्दै गएको गाभर भ्याली होम स्टे संचालक कृष्ण चौधरी बताउँछन्।

जंगल सफारीका लागि बाँके निकुन्जको ढकेरी नजिकै हात्तीसार स्थापना गरी संचालनको तयारी भईरहेको निकुन्जका सहायक वार्डेन लाल बहादुर भण्डारीले बताए।बाघको संरक्षणका लागि बाँके राष्ट्रिय निकुञ्जसँग सहकार्य गरेर राष्ट्रिय प्रकृति संरक्षण कोष, विश्व वन्यजन्तु कोष जेडएसएल, हिमालय नेचर लगायतका संस्थाहरुले आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएका छन्। नेपालको तराई क्षेत्रमा पर्ने पर्सादेखि कञ्चनपुरसम्मका जंगल बाघको उपयुक्त बासस्थान हुन्।

बाघको संख्या बढाउनकै लागि सरकारले २०६७ सालमा बाँके राष्ट्रिय निकुञ्ज घोषणा गरेको हो। बाँके राष्ट्रिय निकुञ्जमा ५ सय ५० वर्गकिलोमिटर वन क्षेत्र र ३ सय ४३ वर्ग किलोमिटर मध्यवर्ती क्षेत्र रहेको छ।बाघको संख्या बढ्दै गएपछि बाघको संरक्षणमा क्रियाशील संरक्षणकर्मीहरु पनि उत्साहित भएका छन्। चोरी शिकारी नियन्त्ररणसँगै निकुञ्जहरुमा घाँसे मैदान तथा पानीको ब्यबस्थापनमा सुधार भएका कारण बाघको संख्या बढेको बिज्ञहरु बताउँछन्।

बाघको आहारा र संरक्षणका लागि बाँके राट्रिय निकुञ्जमा पनि १ सय ५ हेक्टरमा घाँसे मैदान निर्माण गरिएको छ। यो भाबर र चुरे क्षेत्रमा पर्ने भएकाले पानीको ब्यबस्थानका लागि सोलार पम्पको समेत ब्यबस्था गरी २० वटा पानी पोखरी निर्माण गरिएको छ।
चोरी शिकारी नियन्त्रणका लागि निकुञ्जको मध्यबर्ति क्षेत्रका बासिन्दाहरुको घरमा रहेका अवैध हतियार संकलन गर्ने, स्थानीय बासिन्दासँग सहकार्य गरेर अबैध गतिबिधि नियन्त्रङलाई थप प्रभावकारी र ब्यबस्थित बनाउन रियल टाइम पेट्रोलिङ सुरु गरिएको छ ।लोपोन्मुख प्रजाति बाघलाई नेपालमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार संरक्षित वन्यजन्तु हो। साइटिस अनुसूची १ र आई।यू।सी।एन।को खतरा सूची अनुसार बाघ संकटापन्न प्रजाति हो। बाघ र बाघको आहारा प्रजातिहरुको पछिल्लो अबस्था पत्ता लगाउनका लागि जेडएसएल लगायतका संघ संस्थाहरुको सहयोगमा बाँके निकुन्जमा बाघको गणना भई रहेको छ।


Facebook Comment


No ads found for this position