दोलखामा भूकम्पको धक्का

काठमाडौं स् शनिबार साँझ दोलखामा भूकम्पको धक्का महसुस भएको छ। साँझ पाँच बजेर ५८ मिनेटमा दोलखा केन्द्रबिन्दु भएर ४ दशमलव ४ म्याग्निच्यूडको परकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो साढे दुई महिनापछिको परकम्प हो। यसअघि मंसिर १३ गते रामेछाप र सोलुखुम्बुको सीमाना केन्द्रबिन्दु ५ दशमलव ६ म्याग्निच्यूडको परकम्प गएको थियो ।
२०७२ साल वैशाख १२ गते गोरखा केन्द्रबिन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । शनिबारको धक्का ०७२ वैशाख १२ कै परकम्प भएको केन्द्रले जनाएको छ


Facebook Comment


No ads found for this position