प्याराग्लाडिङ उडानमा विदेशी पाइलटको मनपरी

पोखरा, केही दिनअघि प्याराग्लाइडिङ दुर्घटनामा परेर बेलायती पाइलट माइकल पिटर पाल्मचाप्ड घाइते भए। उपचारका क्रममा दुर्घटनाको भोलिपल्ट पिटरको मृत्यु भयो। पोखरा–२६ गोदारी सराङकोटबाट उडेका उनले पोखराको आकाशमा उड्न आधिकारिक निकायबाट अनुमति समेत लिएका थिएनन्।

प्याराग्लाइडिङ उडानकै क्रममा बिहीबार फेरि अर्को दुर्घटना भयो। दुर्घटनामा परेर फिनल्यान्डका ४५ वर्षीय पाइलट टिमोलापियो रिसान्नेन घाइते भएका छन्। सख्त घाइते भएको उनलाइ थप उपचारका लागि हेलिकोप्टरद्वारा काठमाडौं पठाइएको छ।

सराङकोटबाट प्याराग्लाइडिङ उडान गर्ने क्रममा सोलो ९एकल० पाइलट दुर्घटनामा परेका तत्कालका यी दुईवटा उदाहरण मात्र हुन्। प्याराग्लाइडिङ दुर्घटनामा ज्यान गुमाउने र घाइते हुने क्रम निकै नै बढेको छ। टेन्डम ९दुइजना उड्ने० भन्दा सोलो उडानमा अहिले दुर्घटना बढेको व्यवसायीको भनाइ छ। त्यसमा पनि विदेशी पाइलट बढीमात्रामा दुर्घटनामा पर्ने गरेका छन्।

केही दिनको अन्तरमा भएको दुर्घटनामा परेर ज्यान गुमाउने र घाइते भएका दुवैजना सोलो पाइलट हुन्। नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० बाट अनुमति लिएपछि पोखराको आकाशमा स्वदेशी र विदेशी पाइलटले उडान गर्न पाउँछन्। तर कतिपय विदेशी पाइलटले अनुमति समेत लिँदैनन्। प्राधिकरणबाट अनुमति लिए पनि मनलाग्दी तरिकाले उडान गर्दा प्याराग्लाइडिङका विदेशी पाइलटको दुर्घटना बढ्न थालेको नेपाल हवाई खेलकुद संस्था ९एनएए०को भनाइ छ।

संस्थाका उपाध्यक्ष सोबित बानियाँ मनलाग्दी तरिकाले उडान गर्दा विदेशी पाइलट बढीजसो दुर्घटनामा पर्ने गरेको बताउँछन्। ुकेही वर्षको अन्तरमा ५–६ जना विदेशी पाइलटले प्याराग्लाइडिङ दुर्घटनामा ज्यान गुमाइसकेका छन्,ु बानियाँले भने, अब त अति नै भइसकेको छ। प्राधिकरणबाट अनुमति लिएर एकैपटक उड्न जाँदा समस्या हुने गरेको छ। बानियाँका अनुसार व्यावसायिक क्षेत्रमा सोलो उडान गर्न दिँदा पनि उडान असुरक्षित बन्दै गएको छ।

उनका अनुसार सराङकोट र तोरिपानी व्यावसायिक उडान हुने क्षेत्र हुन्। सोलो उडानका लागि मान्द्रेढुंगा क्षेत्र तोकिएको छ। तर विदेशी पाइलट जर्बजस्ती व्यावसायिक क्षेत्रमा पुगेर उडान गर्छन्। मान्द्रेढुंगा पुग्नुपर्ने भए पनि विदेशीहरु सरासर सराङकोट पुगेर उड्ने गरेको उनले बताए। प्राधिकरणले यसमा अलि सचेतना अपनाउनै पर्छ। प्राधिकरणले यसलाई नियन्त्रण गर्न सक्दैन भने कुनै आधिकारीक निकाय तोकेर जिम्मा लगाउन सक्छ, उनले भने, ुलथालिंग हुने अवस्था आएको छ। लथालिंग अवस्था रोक्न ढिलाई भइरहेको छ।

साँघुरो आकाशभित्र उडान गर्नेगरी जथाभावि कम्पनीलाई अनुमति दिँदा पनि भीड बढेको उनले बताए। संस्थाका अनुसार अहिले पोखरामा प्याराग्लाइडिङ व्यवसाय सञ्चालन गर्ने करिब पाँच दर्जन कम्पनी छन्। विदेशी पाइलट बढीजसो दुर्घटनामा पर्नुको कारण छोटो अवधिको पोखरा बसाई र यहाँको आकाशमा उडान अनुभव नहुँदाको परिणाम भएको उनले बताए।

विदेशीले लाइसेन्स, भिषा, बिमा देखाएपछि प्राधिकरणबाट अनुमति लिन्छन्। अनि सरासर उड्नका लागि सराङकोट पुग्छन,ु बानियाँले भने, ुकहाँबाट टेकअफ र कहाँ ल्यान्ड गर्ने भन्ने समेत थाहा हुँदैन। अनुमानका भरमा उड्न खोज्दा दुर्घटनामा पर्छन।ु बानियाँका अनुसार विदेशीहरु नियम तोड्न पनि खप्पिस हुन्छन्। नेपालको नियम कानुन थाहा नभएको भन्दै विदेशी पाइलटले व्यावसायिक क्षेत्रमा पुगेर उडान गर्ने उनले बताए।

पोखराको हावामा प्रकृतिसँग रमाउँदै मनोरम दृष्यावलोकन गरेर उडान गर्ने उनीहरुको सपना हुन्छ। तर यहाँको बारेमा उनीहरुलाई थाहै हुँदैन, बानियाँले भने, पोखराको आकाशको अनुभव उनीहरुसँग कम हुन्छ। जबर्जस्ती उडान गर्छन्। त्यसले दुर्घटना बढाउँछ। एकातिर अनुमति लिएर अर्को क्षेत्रमा उड्न जाँदा दुर्घटना परे तत्काल उद्धार पाउन पनि समस्या हुने उनले बताए। नियमनकारी निकायको सक्रियता अभावले प्याराग्लाइडिङ क्षेत्र बिग्रन थालेको उनले बताए।

विदेशीले नै जथाभावी गर्छन्। अनि उनीहरु नै दुर्घटनामा पर्छन्। त्यसले प्याराग्लाइडिङलाई लथालिंगै बनाउन थालेको छ,ु बानियाँले भने, ुत्यसको असर यहाँको प्याराग्लाइडिङमा परेको छ। प्राविधिक टिमको सिफारिसका आधारमा आधिकारिक संस्थाले अनुमति दिएर तोकिएको क्षेत्रमा मात्रै उडाउन गराउन सक्ने हो भने दुर्घटना कम हुने बानियाँको भनाइ छ।

प्राधिकरण पोखरा प्रमुख भोलाप्रसाद गुरागाई पनि प्याराग्लाइडिङ उडानमा विदेशीको मनपरी रहेको बताउँछन्। यसले व्यवसायीलाई पनि समस्या परेको छ। पर्यटन उद्योगको बदनाम भएको छ, गुरागाइँले भने, ुविदेशी आफ्नै तरिकाले आएर मन लागेको ठाउँमा पुगेर उडान गर्ने गरेका छन्। हामीले चाहेर पनि रोक्न सकेका छैनौं।ु स्वदेशीभन्दा विदेशी पाइलटको मनपरि रहेको उनले बताए।

उनका अनुसार भिषा, लाइसेन्स र बिमा हेरेर साताको ५ हजार रुपैयाँ तिरेपछि यहाँ अनुमति पाइन्छ। तर, कतिपय विदेशी अनुमति नै लिदैनन्। उनका अनुसार केही दिनअघिको दुर्घटनामा ज्यान गुमाएका बेलायती पाइलट माइकल पिटरले अनुमति लिएका थिएनन्। अनुमति समेत लिँदैनन। घटनापछि बल्ल हामीलाई थाहा हुन्छ, उनले भने। उनका अनुसार सराङकोट र तोरिपानीबाहेक सोलो उडानका लागि मान्द्रेढुंगामा अनुमति छ। तर विदेशी सराङकोटमै उडान भर्छन्।

भिन्दै निकायले नियमन नगरेसम्म यो व्यवस्थित हुँदैन। अहिलेसम्म प्राधिकरणले हेरेको छ। अब नयाँ तरिकाबाट नहेरी भएन, उनले भने, त्यसको तयारी भएको छ। खेलकुद क्षेत्रले यसलाई सञ्चालन गरेको विदेशी अनुभव छ। नेपालमा कसरी सञ्चालन गर्ने भन्ने विषयमा कार्यविधि बनाएर भिन्दै निकायलाई जिम्मा दिने तयारी भइरहेको छ।


Facebook Comment


No ads found for this position