अझै छ हनुमानले उठाएको संजीवनी पहाड

रामायणमा लक्ष्मणको प्राण फिर्ता ल्याउन हनुमानले संजीवनी बुटी भएको पर्वत नै उठाएर ल्याएको प्रसंग सबैले सुन्दै, पढ्दै आएको हो । संजीवनीलाई एक चम्किलो प्रकाश र विचित्र गन्ध भएको बुटी मानिदै आएको छ । भनिन्छ संजीवनी पर्वत आज पनि श्रीलंकामा छ ।

श्रीलंकामा रुमास्सला पर्वतको नामले चिनिएको यस पहाड यहाँको सुन्दर ठाउँ मध्ये एक हो । श्रीलंकाको दक्षिण समुन्द्री किनारमा यस्ता केही ठाउँ छन्, जसलाई हनुमानले ल्याएका पहाडको टुक्रा झरेको निर्माण भएको मानिदै आएको छ। जब हनुमानले संजीवनीको पहाड उठाएर ल्याए त्यसको एक टुक्रा रीतिगालामा खस्यो ।

श्रीलंकाको एलिया शहरदेखि १० किलोमिटर टाढा रीतिगाला बगैँचामा हनुमानले उठाएको पहाडको अर्को भाग झर्यो । सुन्दा पत्यार लाग्दैन तर यस ठाउँको माटो र बोट–बिरुवा पनि वरपर क्षेत्रको भन्दा निकै फरक छ ।नेपालीहेडलाईन


Facebook Comment


No ads found for this position